gufgaf

दीपिकाको पहिलो ट्याटुमा मम ड्याड

2019/01/14   Gufgaf
   

सिनेमा छक्का पञ्जा ३ मा काम गरेपछि अभिनेत्री दीपिका प्रसाईँ अन्य सिनेमामा अनुबन्धित भएको खबर बाहिरिएको छैन । केही समय अघि उनी सिनेमामा मारुनीका लागि फाईनल भएको हल्ला चल्यो तर पछि उक्त सिनेमामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फाईनल भईन् । विशेष स्रोतका अनुसार दीपिका यतिबेला केही सिनेमाको तयारीमा जुटेको बुझिएको छ । 

सिनेमा ऐश्वर्यबाट सिने नगरीमा प्रवेश गरेकी उनको त्यहि सिनेमाका निर्देशक दिवाकर भट्टराईसँगको प्रेम सम्बन्ध र विवाहका कारण चर्चा भने भईरहन्छ । दोस्रो सिनेमा प्रदर्शन भईसकेपछि उनले दीवाकरसँगको सम्बन्धलाई सार्वजनिक गरेकी थिईन् । उनीहरुले कानुनी रुपमा विवाह गरिसकेका छन् । 
तर पारिवारिक रुपमा अब छिट्टै नै विवाह गर्ने तयारी उनीहरुको छ । 

व्यक्तिगत जीवनमा व्यस्त रहेकी दीपिका सामाजिक सञ्जालमा भने सक्रिय छिन् । आफ्नो लाईफका विभिन्न पलहरु सामाजिक सञ्जालमा सेयर गरिरहन्छिन् । 

यसैबीच दीपिकाले सोमबार मात्रै एउटा तस्बिर सेयर गरिन् जसमा ट्याटु देखाईको छ । देब्रे हातमा रहेको उक्त ट्याटुमा हात माथि हात राखेको देख्न सकिन्छ  जसमा मम ड्याड लेखिएको छ । दीपिकाको यो ट्याटु उनका आमा र बुवामा समर्पित रहेको बुझ्न सकिन्छ । सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै दीपिकाले यो आफ्नो पहिलो ट्याटु भएको पनि उल्लेख गरेकी छिन् । यसका अलावा ट्याटु खोपाउँदै एकदमै पीडा भएको पनि उनले उल्लेख गरेकी छिन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस