> Gufgaf.com

रेडियो अडियो

निर्माला पन्त हत्याको बास्तबिक कथा बोकेको ‘कोपीला’ को ईण्डक्ल्याप

2019/01/15   gufgaf

गफगाफ -  कन्चनपुरकी १३ बर्षीय बालिका निर्माला पन्तको बलत्कार पछि हत्या भएको लगभग छ महिना बितिसक्यो । घटनाको दोषी पत्तालगाउन नसकेको भन्दै सुरक्षा निकाए र सरकारको आलोचना ब्यपाक भईरहेको छ । हत्या काण्डले दिनप्रतिदिन नयाँ मोड लिईरहेको समाचारहरु संचारमाध्यामहरुमा आईरहेकाछन् । यसै घटनाको बास्तबीक कथामा आधारीत भएर चलचित्र निर्माण भएको छ ।

चलचित्रको नाम हो ‘कोपीला’ । ‘कोपीला’को करीब एक महिनाको अबधीमा सोमबार छाँयाकन सम्पन्न भएको छ । यो चलचित्रलाई शिभम अधिकारीले लेखन एबम निर्देशन गरेकाहुन । सोमबार चित्तवनमा चलचित्रको ईन्डक्ल्याप गर्दै छायाँकन सम्पन्न भएको निर्देशक अधिकारीले बताएकाछन् । करीब ८० लाख रुपैयाको लागतमा निर्माण भएको यो चलचित्रले स्व पन्तको बलत्कार र हत्या पछि सिर्जित सामाजिक स्थिति र हाल सम्मको अवस्थामा आईपुग्दा सम्मको चित्रण समेटीएको निर्देशक अधिकारीले बताए ।

‘कोपीला’मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थिति समाबेश छ । चलचित्रको प्रमुख पात्र निर्माला अर्थात ‘कोपीला’को भुमिकामा संजीवनी खरेल लाई फिचर गरिएको छ । चलचित्रमा संचारकर्र्मी मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेकाछन् भने कलाकार गणेश गिरीको प्रस्तुति रहेको छ ।

चलचित्रको कार्यकारी निर्मातामा सुबाशराज काफले,सह निर्माताहरुमा सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाँकार रामेश्वर कार्र्की रहेका छन । ‘कोपीला’मा सरिता गिरि,गणेश गिरि,ऋद्धीचरण श्रेष्ठ,अस्मिन घिमिर,अस्मिता जुरेली,प्रतिक्षा खड्का,शिया आचार्य,जुनिपर पौडेल लगाएतका कलाकारहरुको अभिनय रहेको छ । ‘कोपीला’मा छायाँकार शिब शरण न्यौपाने,मुख्य साहायक निर्देसक राम बाबु खड्का,संगीत दिपक शर्माको रहेको बताइएको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस