> Gufgaf.com

रेडियो अडियो

भद्रकला आङबुहाङ राईको “ माया”

2019/01/15   gufgaf

गफगाफ - बि. स. २०७० सालदेखि नेपाली संगीतमा देखापरेर संगीतको उत्थानमा लागि परिरहेकी भद्रकला आङबुहाङ राईले आफ्नो दोस्रो एल्बम “ माया” एउटा भव्य समारोह बिच काठमाडौमा बिमोचन गराएकी छिन् । यता विमोचन हुदै गर्दा सोहि दिन उनले हंगकंगमा आफ्नो एकल रचनाहरुको गायन साँझ पनि सम्पन्न गरेकी छिन  । संगीतकार शम्भुजित बासकोटाको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन कार्यक्रममा अतिथीको रुपमा गीतकार डा कृष्णहरि बराल , गीतकार उन्नती बोहरा शिला , संगीतकारद्वय राजु सिंह र लक्ष्मण शेष उपस्थित थिए ।

समारोहमा गीतकार भद्रकलाको गीतिकारीता र समाजसेवाप्रतिको लगाबको राम्रो तारिफ भएको थियो । भद्रकलाको दोस्रो एल्बम “माया” मा कुल ११ गीत समावेश छन् । सुरेश अधिकारी , राजिब शाह, बसन्त सापकोटा र बादल लिम्बुको संगीतमा तयार भएको यो अल्बममा राजेश पायल राई , अन्जु पन्त , स्वरुपराज आचार्य,प्रमोद खरेल ,दीपक लिम्बु,रजिना रिमाल , प्रविशा अधिकारी र निकिता थापाको स्वर छ ।

केहि गीतमा संगीतकार बादलकै स्वर  छ । बादलले आफुलाई संगीतमा जस्तै गायनमा पनि अब्बल साबित गरेका छन् । उता हङकङमा भद्रकलालाई एकल गायनमा राजेश पायल राई , बादल लिम्बु , प्रविशा अधिकारीले साथ दिए । १ दर्जन गीतहरु उनीहरुले प्रस्तुत गरेका थिए । भद्रकलाकै गीतमा नायिका मरिष्का पोखरेलले नृत्य पनि गरेकी थिइन् । असाहाय अशक्त बिरामीको सहयोगार्थ सम्पन्न सो  कार्यक्रमबाट उठेको पैसाले भद्रकलाले  समाजिक कार्यलाई निरन्तरता दिने बताएकी छिन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस