
>
गफगाफ - करिव ३ बर्ष अघि दर्शकको माँया पाउन सफल चलचित्र हो परदेशी । अब सोहि चलचित्रको सिक्वेल निर्माण हुने पक्का भएको छ । चलचित्र परदेशीमा इन्डियन आइडल प्रशान्त तामाङ मुख्य भूमिकामा प्रस्तुत भएका थिए । तर, परदेशी २ मा भने प्रशान्तले काम गर्ने वा नगर्ने फाइनल भइसकेको छैन ।
चलचित्रको निर्देशन पनि परदेशी निर्देशन गरेका निर्देशक नारायण रायमाझीले नै गर्ने पक्का भइसकेको बताइएको छ । निर्देशक रायमाझीले सके सम्म प्रसान्तलाई नै चलचित्रमा मुख्य कलाकारका रुपपा प्रस्तुत गर्न चाहेका छन् । निर्देशक रायमाझीले परदेशी भन्दा अघि चलचित्र गोर्खापल्टन निर्देशन गरेका थिए ।
उक्त चलचित्रमा पनि प्रसान्त तामाङ नै मुख्य भुमिकामा प्रस्तुत भएका थिए । उक्त चलचित्रलाई पनि दर्शकको राम्रो साथ मिलेको थियो । यतिबेला चलचित्र परदेशी २ को कथामा काम भैरहेको छ । कथा सँगसगै चलचित्रमा समाबेश हुने गीत रेकडिङको कार्य पनि भइरहेको निर्देशक रायमाझीले जानकारी दिए । यसै वर्षको फाल्गुणबाट चलचित्रको छायंकन सुरु गर्ने तयारी भइरहेको निर्देशक रायमाझीले बताएका छन् ।
गफगाफ - आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस
गफगाफ - अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस