> Gufgaf.com

रेडियो अडियो

‘बुलबुल’ को ट्रेलरमा स्वस्तिमा र मुकुनको माँया र पिडा दुवै

2019/01/15   gufgaf

गफगाफ -  नायिका स्वस्तिमा खड्का अभिनित चलचित्र ‘बुलबुल’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा नायिका स्वस्तिमा खड्का र नव नायक मुकुन भुषाललाई विशेष रुपमा प्रस्तुत गरिएको छ । यो चलचित्रमा स्वस्तिमा केहि फरक भुमिकामा प्रस्तुत भएकी छन् ।

चलचित्रमा स्वस्तिमा टेम्पो ड्राईभरको भुमिकामा प्रतुत भएकी छन् । चलचित्रमा एक महिला टेम्पो चालकको जिवनमा हुने रमाइला सँगै पिडाका कुराहरु प्रस्तुत गरिएको छ । चलचित्र ‘बुलबुल’ को निर्देशन विनोद पौडेलले गरेका हुन् ।

यो चलचित्र आगामी फागुन ३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँने पक्का भइसकेको छ । चलचित्रको निर्माण अविरल थापाले गरेका हुन् । ‘बुलबुल’ का कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायांकन सुसन प्रजापतिले गरेका हुन् ।

चलचित्रमा स्वस्तिमा मुकुनसंगै बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे,उज्जल अधिकारी, सृष्टि भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस