gufgaf

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

2019/01/16   gufgaf
   

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियंका कार्कीले चलचित्र निर्माण गर्न तयार गरेको कुरा केहि समय अघि मात्र बाहिरिएको थियो । यता साम्तेन भुटियाले चलचित्रका निम्ति सुपरस्टार नायक अनमोल केसीलाई प्रस्ताव गरेको कुरा बाहिरिएको छ । उनले प्रियंकाको चलचित्रका निम्ति हो या अन्य कुनै चलचित्रका निम्ति अनमोललाई अफर गरेको भन्ने बारेमा भने केहि खुलाएका छैनन् ।

उनले करिव २ महिन अघि अनमोललाई भेटेर प्रस्ताव गरिएको बुझिएको छ । सोहि समयमा निर्देशक भुटियाले नायक अनमोल केसीलाई स्कृप्ट दिएको स्विकार गरेका छन् । अनमोलले स्कृप्ट मन परेको बताए पनि चलचित्रमा काम गर्ने नगर्ने भन्ने बारेमा भने हाल सम्म केहि उल्लेख नगरेको बताइएको छ ।  “हामीले चलचित्रको विषयमा कुरा गरेका हौ, तर अनमोलले काम गर्ने या नगर्ने भन्ने यकिन भने भइसकेको छैन । अनमोल सँग काम गर्न हामी इच्छुक छौ,अब अनमोलले जवाफ फर्काए पश्चात मात्र कुरा अघि बढ्ने हो” निर्देशक साम्तेनले भने । 

अनमोलले भने यस अघि मिलन चाम्सले निर्माण गर्ने भनिएको चलचित्र व्याच्लर बन्टि छाडेका थिए । उनले स्कृप्टमा दोष देखाउदै उक्त चलचित्र छाडेका थिए । हाल अनमोल अमेरिकामा छन् । उनि चलचित्र ए मेरो हजुर ३ को छायंकनका लागी अमेरिका गाएका हुन् । उनि अमेरिकाबाट नेपाल फर्किए पश्चात साम्तेनको चलचित्र गर्ने या नगर्ने विषयमा निर्णय दिने बुझिएको छ ।  

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस

‘जात्रै जात्रा’को अफिसियल चार पोष्टर सार्वजनिक

गफगाफ - आगामी जेष्ठ ३ गते रिलिज हुने सिनेमा ‘जात्रै जात्रा&r
पुरा पढ्नुहोस