> Gufgaf.com

रेडियो अडियो

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

2019/01/16   gufgaf

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा निर्वाचित सांसद राजीव गुरुङ “दीपक मनाङ्गे” फिल्म निर्माणमा पुनस् होमिने भएका छन् । अनटाइटल प्रोजेक्टलाई ‘तिमि सँग’ फ्रेम्ड निर्देशक शिशिर राणाले निर्देशन गर्नेछन् । बुधबार मनाङ्गेसहित अन्य निर्माताले निर्देशकको रुपमा शिशिरलाई फिल्म साइन गराए ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा रहनेछन । भने, कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली छन् ।कलाकार तय भैनसकेको फिल्मले विवाह पछिको दम्पतिको प्रेमकथा बोल्ने बुझिएको छ । निर्देशकले यसलाई ‘सोसल ड्रामा’ भनेका छन् ।
फिल्मको प्रि(प्रोडक्सन भित्र १ गीत रेकर्ड भैसकेको छ ।

भने, स्क्रिप्ट पनि लगभग अन्तिम चरणमा छ । ‘अब कलाकार चयनको काम चलिरहेको छ । विवाह पछाडीको प्रेम भएकाले फिल्ममा अलि पाको उमेरको कलाकार खोजिरहेका छौँ ।’ निर्देशक राणाले भने । चैत अन्तिम तिरबाट छायाँकन जाने लक्ष्य लिएको फिल्मको बाँकी टिम प्रेसमिट गरेर सार्वजनिक गरिने राणाले बताए ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस