gufgaf

विवाहको तयारीमा गायिका निती मोहन 

2019/01/17   Gufgaf
   

बलिवुड गायिका निती मोहन विवाह बन्धनमा बाँधिने तयारीमा छन् । उनको विवाह प्रसंग यतिबेला बलिवुडमा निकै नै चर्चामा छ । उनको विवाह निहार पाण्यासँग हुने भएको छ ।

निहार एकताका अभिनेत्री दीपिका पादुकोणका प्रेमी थिए ।  निहार र दीपिका केही समय प्रेममा थिए । अभिनेत्री दीपिका पादुकोणले पनि अभिनेता रणवीर सिंहसँग विवाह गरिसकेकी छिन् ।  फेबु्रअरी महिनमा निती र निहारले विवाह गर्ने बुझिएको छ । तर उनीहरुले आफूहरुको विवाहलाई सकेसम्म गोप्य राख्न खोजेको भारतीय मिडियामा उल्लेख छ ।   

निती र निहार बिगत ४ वर्ष देखि प्रेममा थिए ।  तर उनीहरुले एकअर्कासँग अफेयर रहेको कुरा कहिल्यै पनि स्विकारेनन् ।  सार्वजनिक रुपमा प्रेम अस्विकार गरेपनि उनीहरु फेबु्रअरी महिनामा विवाह गर्ने तयारीमा भएको कुरा मुम्बई मिररमा उल्लेख छ । 

निहार सिनेमा मणिकर्णिका मार्फत बलिवुडमा डेब्यु गर्दैछन् । निती भने बलिवुडमा अब्बल गायिकाको रुपमा स्थापित भईसकेकी छिन् ।  नितीका  तेरे मेरे दर्मीया, सोच ना सके,  तु हि तु, बावरा मेँ, हर किसिको, तुझे अपना बनानेका, पिया मोरे लगायतका गीतहरु चर्चित छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस