> Gufgaf.com

रेडियो अडियो

‘प्रेमलीला’मा दीपशिखाको दुई अवतार 

2019/01/17   Gufgaf

सिनेमा ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा दुई देशका यूवा–यूवतीविचको प्रेम कथामा तयार भएको यस सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।  सिनेमामा  चन्दन दत्त र सालिक दुलालको सम्पादन, पवन गौतमको छायांकन, रामजी लामिछाने र यूवराज वाइवाको कोरियोग्राफी, रायवन थापाको एक्सन छ । 

यस सिनेमामा दीपशिखा खड्का, मौसम खड्का, अली खान, प्रभावकर शर्मा, रेखा शाह लगायतका कलाकारको मुख्य भूमिका छ । सिनेमाले दुई देशमा बस्ने यूवायूवतीको प्रेम, विछोड, धोका र बदलाको कथालाई उठान गरेको छ । 

चाख लाग्दो कुरा सिनेमामा नायिका खड्कालाई दर्शकले २ अवतारमा देख्न पाउनेछन् । फागूण १० गतेबाट प्रदर्शन हुन लागेको सिनेमाको ट्रेलरमा निर्देशकको नाम उल्लेख गरिएको छैन । 

खासमा सिनेमालाई जनक पाण्डेले निर्देशन गरेका हुन् । तर उनी सम्पर्कमा नरहेको र सिनेमाको प्राविधिक काममा ध्यान नदिएको भन्दै उनको नाम उल्लेख नगरिएको निर्माण पक्षले जनाएको छ । यस सिनेमामा कलाकार दीपशिखा खड्काको कथा, पटकथा तथा संवादमा रहेको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस