gufgaf

बाबाको सांगीतिक यात्रा पछ्याउँदै गुञ्जन 

2019/01/18   gufgaf
   

गफगाफ - नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल तबला बाधक तुंगनाथ उपाध्यायको कान्छि छोरी गुंजन उपाध्यायले अमेरिकामा पनि आफ्नो बुबाको लय पछ्याउदै अघि बढिरहेकी छिन् । हाल स–परिवार अमेरिकामा बस्दै आएकी गुञ्जनलाई तोते बोली बोल्न जान्दै र बामै सरेर हिड्न सक्ने हुँदादेखी नै उनका बुबा तुंगनाथले गायन तथा संगीतको क्षेत्रमा डोर्याएका हुन् ।

बाबाको साथमा काठमाडौं स्थित मालिगाउँको आफ्नै घरमा उनले नेपालका प्रसिद्ध तबला बादक पं। होमनाथ उपाध्यायद्धारा स्थापित ‘प्रस्तार’ समुहको साधना पनि नजिकबाट अनुभव गर्ने मौका पाइन् । जसका कारणले पनि उनलाई सांगितिक क्षेत्रमा लाग्ने उर्जा मिल्यो । विद्यार्थी जिवनमा उनी ग्यालेक्सि पब्लिक स्कुल को छोरी ग्रुपमा थिइन्।

बागबजारस्थित केएमसीमा दोस्रो वर्षमा पढ्दै गर्दा उनी अमेरिका प्रस्थान गरिन् । जुन समयमा उनी चण्डी काफ्ले सित सास्त्रिय संगीत सिक्दै थिइन् भने गुरू पं होमनाथ उपाध्याय र पछि उहाँको व्यस्ततामा सन्तोष वर्मासंग तबला पनि सिक्दथिन् । उनले माधुरी ताई, पद्मविभुषण रामदेश पाण्डे ज्युकी श्रीमती अर्चना देशपान्डे आदि गुरूबाट पनि केही समय गायन सिकिन् ।

समय मिलाएर उनले काठमाडौं बाट प्रवीण बुडापिर्थी सित केही समय पियानो समेत सिकिन । गुंजनको घरमा सांगीतिक माहोल सधैं रहने गर्दछ । उनकी आमाले ललितकला क्याम्पसमा केही समय सितार सिकेकी थिईन् भने दिदी अन्तराले गुरु गोपालनाथ योगी र रुपक साथै नोर्वु छिरिड वाट भायोलिन सिक्ने गर्थिन् । तिनताका बुुबा तुँगनाथ स्कुलहरुमा र बाहिर म्युजिकल कार्यक्रमहरु गर्ने गर्दथे ।

नेपालबाट अमेरिका पुगेपछि पढाईको साथमा उनको साँगिती यात्राले अझै उचाई लिदैं गैरहेको छ । विभिन्न कार्यक्रमहरुमा उनका प्रस्तुतिले विशेष महत्व पाउँदै गैरहेका छन् भने । उनका फ्यान फलोर्यस पनि बढ्दै गैरहेका छन् । अमेरिमामा रहेको विभिन्न संघ संस्थाको कार्यक्रमहरुमा गाउँदै गर्दा सन २०१३ मा नेपालीहरुद्धारा संचालित संस्था ए.एन.ए. को सुपरनोभा ट्यालेन्ट कम्पिटिसनमा भाग लिईन र प्रथम पनि भईन ।

ट्वान्टि हार्वस रेडियो स्टेसनको वर्ष २०१५ को ट्यालेन्ट सिंगीग कम्पिटिसनमा डालासका ६० उत्कृष्ट सहभागि मध्ये हिन्दी गीतमा उनी मात्र एक नेपाली चेलिले फस्ट रनर अप हुन सफल भईन ।उनले गाएका विभिन्न कभर सङपनि दर्शकले राम्रो रुचाएका छन् । हाइलाईट्स नेपाल मार्फत केहि समय अगाडि मात्र उनले आफ्नो बुबाको शब्द तथा संगीतमा ‘माया कस्तो लाएँ’ बोलको गित दर्शकमाझ प्रस्तुत गरेकी छिन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस