gufgaf

विवादमा मणीकर्णिका, करणी सेनाले गर्यो विरोध 

2019/01/18   Gufgaf
   

अभिनेत्री कंगना रनावतको मुख्य भूमिका रहेको सिनेमा  मणिकर्णिका विवादमा पर्ने संकेत देखिएको छ । गत वर्षको सिनेमा पद्मावत पछि  करणी सेना मणीकर्णिकाको विरोधमा उत्रिएको छ ।  यस सिनेमामा लक्ष्मी बाई र ब्रिटिश  अफिसर बीचमा प्रेम  देखाईएको भन्दै करणी सेनाले आपत्ति जनाएको हो ।  यसका साथै सिनेमामा रानीको विशेष डान्स स्टेपहरु राखिएको छ जुन उनीहरुको संस्कार भन्दा फरक भएको करणी सेनाका प्रमुख सुखदेव सिंह शेखावतले बताएका छन् । उनले भारतीय सञ्चार माध्ययमसँग कुराकानी गर्दै सिनेमाका निर्माताले केही सिनहरुमा ईतिहासमा भएको भन्दा फरक देखाउन खोजेको र यसरी नभएका कुराहरुलाई सिनेमामा देखाउन नमिल्ने उल्लेख गरेका छन् ।

ईतिहासमा नभएका कुराहरु सिनेमामा देखाईएको भन्दै करणी सेना विरोधमा उत्रिएको हो । सुखदेवले परेका खण्डमा पद्मावतको जस्तै विरोध गरिने बताएका छन् । निर्माताले प्रदर्शन हुनुभन्दा पहिले  सिनेमा करणी सेनालाई देखाउनु पर्ने र नदेखाएको खण्डमा हलमा तोडफोड गरिने करणी सेनाले जनाएको छ । 

करणी सेनाले विरोध गरेपछि पद्मावत केही राज्यमा प्रदर्शन हुन पाएको थिएन । एक पटक त करणी सेनाले विरोध गर्दै सिनेमाको छायाकंन स्थलमै आगो लगाई दिएको थियो । सेन्ट्रल बोर्ड अफिस   अफ फिल्म सर्टिफिकेशनले मणीकर्णिकालाई क्लिन चिट दिईसकेको छ ।  तर सुखदेवले भने सिनेमाले क्लिन चिट पाएपनि आफूहरुलाई सिन मन नपरेको खण्डमा विरोध गर्ने बताएका छन् । उता सिनेमा प्रोडक्शन हाउसका प्रवत्ताले सिनेमामा करणी सेनाले भनेको जस्तो सिनहरु नराखिएको र यो खबर बिल्कुलै गलत भएको बताएका छन् । सिनेमा २५ जनवरी देखि प्रदर्शनमा आउने तयारीमा छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस