gufgaf

मनोजराज र अन्जु पन्तको ‘सम्झे पनि तिम्रो याद’मा 

2019/01/19   gufgaf
   

गफगाफ - गायिका अन्जु पन्त र गायक तथा सङ्गीतकार मनोजराज शिवाकोटीको स्वरमा ‘सम्झे पनि तिम्रो याद...’ बोलको नयाँ गजल सार्वजनिक भएको छ। गजलकार सुरेश वाग्लेको एकल एल्वम ’तिमी साथ भएपछि’मा समावेस शुक्रबार सार्वजनिक गजलमा गजलकार वाग्लेको शब्द तथा मनोजराजकै सङ्गीत सुन्न सकिन्छ । 
निकेश खड्काको निर्देशनमा तयार भएको सार्वजनिक गीतको म्युजिक भिडियोमा  अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र गजलकार वाग्ले स्वयंको अभिनय देख्न सकिन्छ।

सार्वजनिक गीतलाई सचिन सिंहले एरेन्ज गरेका हुन्। गीतको भिडियो सार्वजनिक सम्बन्धमा कुरा गर्दै रचनाकार वाग्लेले अन्जु पन्त र मनोजराज सङ्ग  आफ्नो निकै पुरानो चिनजान रहेको बताउँदै उनीहरूको पारिवारीक सम्बन्धभन्दा टाढा रहेर साङ्गीतक यात्रालाई निकट बनाएको जानकारी दिए। उक्त गजल करिव १५ वर्ष अघि उनीहरूले  स्टेजमा गाउने गरेको सम्झँदै वाग्लेले आफ्नो विशेष पहलमा उनीहरूलाई फेरि सङ्गै गाउने वातावरण तयार गरेको जानकारी दिए।

सार्वजनिक भिडियोमा निर्देशक निकेश खड्काले  गायिका अन्जु पन्तको जीवनमा भएको वास्तविक भूमिकामा नायिका प्रियंका कार्की र मनोजराजको भूमिकामा मोडल अनिल थापालाई दर्शक स्रोतामाझ प्रस्तुत गर्ने प्रयास गरेको जानकारी दिए । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस