वर्षा र संजोगको नयाँ व्यवसाय, अमेरिकन आईसक्रिम

गफगाफ -  अभिनेत्री वर्षा राउत र संजोग कोईराला बिगत ७ वर्ष देखि एकअर्काको प्रेममा छन् । ७ वर्ष अघि एक सिनेमाको अडिशनको क्रममा भेट भएका यी दुई भेट भएको एक वर्ष पछि एकअर्कालाई मन पराए र उनीहरुको प्रेमको शुरुवात भयो । 


बिगत केही वर्ष यता उनीहरुको प्रेम सार्वजनिक रुपमै अघि बढेको छ । विवाहको कुरामा भने हालै मात्र संजोग कोईरालाले  अबको दुई वर्ष भित्रमा जुनसुकै दिनमा पनि हुन सक्ने बताएका छन् ।  तर उनीहरुले विवाहको मिति तय गरिसकेका भने छैनन् ।  


वास्तविक जीवनमा सँगै अघि बढ्ने सोच बनाएका यी दुईले  व्यवसायमा पनि केही समय अघि देखि नै सहकार्य गरेर अघि बढेका छन् । बिगत केही वर्ष यता वर्षा र संजोगले कफि शप सञ्चालनमा ल्याएका छन् । 


यस अघि कफि शप सञ्चालनमा ल्याएका दुईले हालै मात्र नयाँ व्यवसाय शुरु गरेका छन् । 
उनीहरुले अमेरिकन ब्राण्डको आईसक्रिम जुन माईनस ३२१ लाईभ भनेर सिभिल मलमा खोलेका छन् ।

यहाँ लिक्विड नाईट्रोजन प्रयोग गरेर आँखा अगाडि प्रत्यक्ष तयार पारेको आईसक्रिम खान पाईन्छ । यहि कारण पनि संजोग यो आईसक्रिम र व्यवसाय विशेष भएको बताउँछन् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस