gufgaf

सुपुष्पाको प्रेममा पागल बने शुशील

2019/01/20   gufgaf
   

गफगाफ -  यही माघ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र हो ‘रणवीर’ । नेपाली चलचित्र नगरीमा एक्सन जनराका चलचित्र केहि कम बनिरहेको अवस्थामा चलचित्र ‘रणवीर’ पनि एक्सन जनरामा निर्माण गरिएको छ । उक्त चलचित्रमा समबेश दोस्रो गीत सार्वजनिक भएको छ । हर्कुलस बस्नेत र प्रविशा अधिकारीको स्वरमा रहेको गीतमा चलचित्रकी लिड अभिनेत्री सुपुष्पा भट्ट र अभिनेता शुशील सिटौलालाई प्रस्तुत गरिएको छ ।

गीतमा अभिनेता शुशील सिटौलाको एकोहोरो प्रेम देखाइएको छ । उनि गीतमा सुपुष्पा भट्टको माँया नपाउदा  मदिरामा ढुबेर भौतारिएका छन् ।  गीतमा गायक हर्कुलस बस्नेत स्वयंको शब्द तथा संगीत छ । ‘रणवीर’ मा कथा, पटकथा, संवाद निर्देशक गोविन्द सिंह भण्डारी स्वयमले गरेका हुन् । चलचित्रमा महेश पौडेलको छायांकन, चन्द्र पन्तको द्वन्द्व, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा कृष्ण भण्डारीको सम्पादन रहेको छ । गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले सयुंक्त रुपमा चलचित्र निर्माण गरेका हुन् ।  चलचित्र ‘रणवीर’ मा शुशील र सुपुष्पा सँगै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, वि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटा लगायतका कलाकारको पनि अभिनय रहेको छ । 
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस