> Gufgaf.com

रेडियो अडियो

दर्सकको मन मनमा मुन्द्रेको कमेडी क्लव

2019/01/20   gufgaf

गफगाफ -  कमेडी क्षेत्रका वादशाहा मध्यका एक हुन हास्य कलाकार जितु नेपाल । सानो पर्दाका टेलिचलचित्रहरु विमान चालक, हिजो आजका कुरा,ट्वाक्क टुक्क हुदै गिताञ्जली पछि उनले जिरे खुर्सानीमा फड्को मारे ।  नेपाल टेलिभिजनमा प्रसारण हुने हास्य टेलिचलचित्र जिरे खुर्सानी बाट उनि कलाकार,लेखक,निर्देशक मात्र बनेनन्, मुन्द्रेको नामले दर्शकको मन मश्तिष्कमा बस्न सफल भए । हाल जिरे खुर्सानी बन्द भइसकेको छ । 

तर जिरे खुर्सानी बन्द भए पनि सोहि हास्य टेलिश्रिंखलाबाट उदाएको नाम भने दर्सक माझ अझै प्यारो बन्दै गइरहेको छ । जिरे खुर्सानीका उनै जितु नेपाल उर्फ मुन्द्रे यतिबेला मुन्द्रेको कमेडी क्लव नामक कार्यक्रम सन्चालन गर्दै आइरहेका छन् । नेपाल मै नयाँ शैलीको हास्य व्यंग्य कार्यक्रम भएका कारण पनि मुन्द्रेको कमेडि क्लवलाई दर्शकले मन पराएका छन् ।  

नेपाल टेलिभिजनमा हरेक सोमबार राती ९ बजे प्रसारण हने उक्त कार्यक्रमले सुरुवाती दिनहरुमा भने केहि आलोचना खेप्नुपरेको थियो । तर पछिल्लो समय भने दर्शकले कार्यक्रमको प्रशंसा गरिरहेका छन् ।  नेपाल टेलिभिजनमा हेर्न नापाउने दर्शकका लागी उक्त कार्यक्रम केदार घिमिरे माग्ने बुढाको युटुव च्यानल आमा अग्नी कुमारी मिडिया मार्फत प्रस्तुत हुने गरेको छ ।

मुन्द्रेले सन्चालन गरेको  कार्यक्रम मुद्रेको कमेडी क्लमा अन्य हास्य कलाकारहरु दिपाश्री निरौला,राजाराम पौडेल, राजेन्द्र नेपाली,उमेश राई लगायतको जम्काभेट हुने गरेको छ । उक्त कार्यक्रमा उमेश राई उर्फ फुलन्देकी आमा को क्यारेक्टरलाई दर्शकले निकै रुचाउने गरेका छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस