gufgaf

बोनी कपूरले ‘श्रीदेवी बंगलो’ रिलिज हुन नदिने !

2019/01/20   Gufgaf
   

दिवंगत अभिनेत्री श्रीदेवीको अचानक भएको निधनले उनको परिवारलाई  निकै ठूलो चोट पुगेको थियो ।  कपूर परिवार बिस्तारै श्रीदेवीको निधनको पीडाबाट बाहिरिएको छ । यसैबीच केही दिन अघि रिलिज भएको सिनेमा श्रीदेवी बंगलोको ट्रेलरले कपूर परिवारको घाउलाई फेरि ताजा बनाईदिएको छ । 

यस सिनेमाको नाम र टिजरमा देखाईएको बाथ टबवाला सिनपछि निर्माता बोनी कपूरले सिनेमाकी अभिनेत्री र निर्मातालाई लिगल नोटिस पठाएका छन् । 
सिनेमाको टिजर रिलिज भएपछि बोनी कपूर सिनेमामा राखिएको श्रीदेवीको नाम र बाथटब सिनमाका कारण निकै दुखी भएका छन् । उनले अब यो सिनेमालाई रोक्न कानुनी बाटो रोज्ने भारतीय सञ्चार माध्ययममका उल्लेख छ ।
यो सिनेमामा प्रिया प्रकाशले मुख्य भूमिका निर्वाह गरेकी छिन् । प्रियालाई श्रीदेवी नाम गरेकी पात्रको भूमिकामा देखाइएको छ । तर, यो सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै यसको विरोध पनि हुन थालेको छ ।
दीवंगत अभिनेत्री श्रीदेवीको जीवनीसँग मिल्दोजुल्दो शैलीमा सिनेमाको कथा प्रस्तुत गरिएको भन्दै सिनेमाको विरोध भईरहेको छ ।  सिनेमाका निर्देशकले आफूले बोनी कपूरको लिगल नोटिस पाएको कुरा स्विकार गर्दै आफू यस विषयमा बोनीसँग बहस गर्न तयार भएको बताएका छन् । उनले भारतीय सञ्चार माध्ययमसँग भनेका छन–‘हो, हामीलाई बोनी कपुरको लिगल नोटिस प्राप्त भएको छ । हामी, यो कुरामा बहस गर्न तयार छौ । किनकी, मेरो सिनेमा सस्पेन्स थ्रिलर कथामा आधारित छ । श्रीदेवी जुनसुकै महिलाको पनि नाम हुनसक्छ । यो कमन नाम हो । मेरो सिनेमाको मुख्य पात्रको लक्ष्य नै नायिका बन्नेछ । यसैले, यो कानुनी लडाइ लड्न हामी तयार छौ ।’

उता बोनी कपूरले लिगल नोटिस पठाउँदै सिनेमाका निर्माताले सिनेमा बनाउनु अघि आफूसँग श्री देवीको नाम र सिनका लागि अनुमती नलिएको उल्लेख गरेका छन् । निर्माताले बिना अनुमती श्रीदेवीको नाम र मृत्युको सिन राखेको बोनीको दाबी छ । यहि कारण उनी कानुनी लडाईँ लड्न तायार भएको भारतीय सञ्चार माध्ययममा उल्लेख गरिएको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस