> Gufgaf.com

रेडियो अडियो

सुहाना र अनमोल रोमान्टिक मूडमा

2019/01/21   gufgaf

गफगाफ - अभिनेत्री झरना थापाले निर्देशन गरेको चलचित्र यति बेला धमाधम छायंकन भइरहेको छ । छायंकनमा लागी भनेर चलचित्रका मुख्य कलाकार सहित निर्माण युनिट यतिबेला अमेरिकामा छन् । अमेरिकामा चलचित्रको एउटा गीत सहित चलचित्रको केहि अंश पनि छायंकन गरिने बताइएको छ । 

‘ए मेरो हजुर ३’ को छायांकन स्थलबाट मुख्य नायक अनमोल केसी र डेब्यु नायिका सुहाना थापाका केही रोमान्टिक तश्विरहरु बाहिरिएका छन् । चलचित्रका नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सरोज खनाल, निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा लगायत अमेरिकामा चलचित्रको छायांकन सकेर सोमवार नेपाल फर्कने बुझिएको छ । 

चैत्र २९ देखी प्रदर्शनमा आउने म्युजिकल लभ स्टोरी चलचित्र ‘ए मेरो हजुर ३’ मा अनमोल, सुहाना र सरोजसँगै अर्पण थापा, सलोन बस्नेत, रबिन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

चलचित्रमा एक स्टार गायक र  उनको फ्यान बिचमा हुने प्रेम सम्वन्ध र त्यस बिचमा आइपर्ने उतार चडापहरुलाई कथाका रुपमा प्रस्तुत गरिएको छ । सुहाना इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सुनिल कुमार थापा सुहाना थापाका बाबु हुन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस