gufgaf

कलाकार गणेश मुनालको निधन

2019/01/21   gufgaf
   

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ । दम का कारण विर अस्पतालमा उपचार रत मुनालको सोमबार बिहान उपचारको क्रममा अस्पताल मै निधन भएको हो । 
उनी लामो समयदेखि दमका कारण अस्वस्थ  थिए । उनको पार्थिव शरीरलाई  पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलीका लागि लगिसकिएको बताइएको छ । उनि काठमाडौं माहांकालमा बसोवास गर्दै आएका थिए ।

उनि काठमाण्डौका स्थायी बासिन्दा हुन् । मुनालको आझ नै अन्तिम संस्कार गर्ने तयारी गरिएको बताइएको छ ।उनले नेपाली चलचित्र लभ लभ लभ, एक पल, सेतो बाघ, शिरीषको फूल, दिदी भाई, मिस्टर डन लगायतका लगायतका चलचित्रहरुमा अभिनय गरेका थिए । उनी अभिनीत नयाँ चलचित्र गोपी यही माघ १८ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको छ । 

उनले दिपक दिपाको हास्य टेलिश्रिंखला तितो सत्यमा लामो समय अभिनय गरेका थिए भने अन्य थुप्रै टेलिसिरियलमा पनि उनले अभिनय गरेका थिए । उनि आफ्नो आवाजका कारण पनि दर्शकमाझ थप प्यारो बनेका थिए । पशुपति आर्यघाटमा विभिन्न चलचित्रकर्मी लगायत उनका शुभ चिन्तकहरु उनलाई श्रदाञ्जली दिन पुगेका छन् । स्वर्गीय कलाकार मुनालका एक छोरा रहेका छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस