> Gufgaf.com

रेडियो अडियो

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

2019/01/21   Gufgaf

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले सोमबार ‘आयांक फाउन्डेशन’को औपचारिक घोषणा गरेका छन् । अनाम नगरमा आयोजित पत्रकार सम्मेलनमा सामाजिक सेवामा काम गर्ने उद्देश्य राख्दै उनीहरुको फाउण्डेशनको औपचारिक घोषणा गरिएको हो । प्रियंका र आयुष्मानको फाउन्डेशन मुख्य सल्लाहाकारमा सरोज ओली छन् ।

‘आयांक फाउन्डेशन’ले किशोर किशोरीलाई व्यक्तिगत विकासका साथै यौन शिक्षा, बालबिबाह, महिनावारी, कुलत, मनोवैज्ञानिक बिषयमा परामर्श दिने, नेपालको दुरदराजमा रहेका अनाथ, असाहय, पीडित, अपहेलित, गरिबीका कारण उच्च शिक्षाबाट बञ्चित बालबालिकालाई पढ्ने वातावरण श्रृजना गर्नका लागि आवश्यक पर्ने लत्ताकपडा, अध्ययन सामाग्रीको प्रवन्ध गर्ने लगायतका का आयंका फाउण्डेशनले गर्ने भएको छ । यस्तै, सडकमा भेटिएका घर पालुवा जनावरलाई व्यवस्थित गर्नका लागि योसँग केन्द्रित रहेर काम गरिरहेका संस्थासँग सहकार्य गर्ने बताइएको छ ।

कार्यक्रममा अभिनेत्री कार्कीले यो एउटा शुरुवात मात्रै भएको भन्दै आफूहरु शुरुमा काभ्रे गएर प्याड वितरण गर्ने योजना भएको बताईन् । यस्तै आफूहरुले बच्चा, वृद्धाहरुका लागि पनि काम गर्ने प्रियंकाले बताइन् । आयंका फाउण्डेशनमा उनीहरको कमाईको १० प्रतिशत रकम जानेछ । प्रियंका कार्की र आयुष्मान देशराज जोशी अहिले सिनेमा, म्यूजिक भिडियो, स्टेज कार्यक्रम, विज्ञापन लगायतमा व्यस्त छन् ।

यी ठाउँबाट भएको कमाईको १० प्रतिशत यो जोडीले फाउण्डेशनमा राख्ने भएको छ । साथै, विभिन्न एनजीओहरुसँग सहकार्य गर्नुका साथै विभिन्न मन्त्रालयसँग कुरा गरेर पनि अगाडि बढ्ने तयारी आयंकाको छ । आयुष्मान र प्रियंका आगामी असारमा विवाह गर्ने तयारीमा छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस