> Gufgaf.com

रेडियो अडियो

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

2019/01/21   Gufgaf

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमले पहिलो सिनेमामा राम्रो काम नगरेको भन्दै धेरै आलोचना खेपिन् । उनलाई धेरैले सिनेमामा अभिनय सिकेर मात्र आउनु पर्ने सुझाव दिए । सिनेमा हेरेर अरुले दिएको सुझावलाई एलिजाले सकारात्मक रुपमा लिएर अघि बढेकी छिन् । 

सबैको सुझाव र सल्लाह अनुसार एलिजा यतिबेला दोस्रो प्रोजेक्टको तयारीमा जुटेको विशेष स्रोतले जनाएको छ । अबको प्रोजेक्टमा भने एलिजाले अनुरागमा गरेका गल्तीहरु सकेसम्म नगर्ने तयारी गरिरहेकी छिन् । हालै मात्र हामीसँगको कुराकानीमा एलिजाले दोस्रो प्रोजेक्टमार्फत आफूले सकेसम्म राम्रो दिने कोशिष गर्ने बताईन् । विशेष स्रोतका अनुसार उनको दोस्रो प्रोजेक्टले दर्शकहरुलाई सरप्राईज दिनेछ ।

यतिबेला एलिजा बाहिर ब्यानरका सिनेमाको तयारीमा छिन् । उनी अब केही समय बाहिर ब्यानरका सिनेमामा काम गरेर मात्र आफ्नो ब्यानरमा सिनेमा निर्माण गर्ने तयारीमा छिन् । उनको डेब्यु सिनेमा अनुरागका प्रस्तुतकर्ता ऋषिराज धमला अर्थात उनका श्रीमान थिए । 


अभिनेत्रीको काम हेरौँ
दुईवटा सन्तानकी आमा बनिसकेकी एलिजालाई सिनेमामा प्रवेश गर्नु निकै चुनौतीपूर्ण थियो । उनलाई परिवारले साथ दिएपनि सिनेमा उद्योगमा प्रवेश गरेपछि भने केही अप्ठ्यारो पर्यो । धेरैले उनलाई विवाहित र दुईवटा सन्तानकी आमाको रुपमा हेरे जसले एलिजाको चित्त दुख्यो ।  हामीसँगको कुराकानीमा पनि एलिजाले आफूलाई सिनेमा उद्योगको यो पक्ष मन नपरेको बताईन् । 
उनले एउटा अभिनेत्रीलाई सिनेमामा अनुबन्धित गर्दा ऊ विवाहित होकी हैन ? छोराछोरी पाएकी छ कि छैन ? भनेर नहेरी उसको काम हेर्न जरुरी भएको बताएकी छिन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।  


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस