
>
गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार्की र आयुषमान देशराज जोशीको मुख्य अभिनय रहेको चलचित्र ‘प्रेम दिवस’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिम्रो छेऊ सँरु कि म’ बोलको उक्त गीतमा गायिका अन्जु पन्तको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत महाराज थापाको रहेको छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन ।
लभ स्टोरी जनरामा निर्माण भएको चलचित्र ‘प्रेम दिवस’मा प्रियंका कार्की र आयुषमान देशराज जोशी सँगै हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने, श्री कृष्ण लुइटेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रका गीतमा महाराज थापा, महेश खडका, दीपक शर्मा, करण राज कार्कीको संगीत, डा कृष्ण हरी बराल, शान्ती प्रिया, बवि थापा, सन्तोष थापाको शब्द, अन्जु पन्त, निशान भट्टराई, मेलिना राई, किरण राज कार्कीको स्वर रहेको छ ।
चलचित्रको निर्देशन योगेश घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व,रेनिश फागोको छायाँकन, मिलन श्रेष्ठ र बनिश शाहको सम्पादन रहेको छ । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रमा संजय न्यौपानेको लगानी रहेको छ ।
गफगाफ - आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस
गफगाफ - अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस