> Gufgaf.com

रेडियो अडियो

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

2019/01/22   Gufgaf

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद घिमिरे पछिल्लो समय ठूलो पर्दामा जमिरहेका छन् । ठूलो पर्दामा अहिले उनी अत्यधिक रुचाईएका कलाकार हुन् । केदारको बोल्ने शैलीले नै लाखौँ दर्शक उनको फ्यान भएका छन् । पछिल्लो समय ठूलो पर्दामा जमिरहेका केदार अब सानो पर्दामा फर्किने सम्भावना निकै कम छ । तर उनी देश देखि विदेशका स्टेज कार्यक्रमहरुमा भने दौडिरहेका छन् ।

स्टेज कार्यक्रममा भने उनको डिमाण्ड अहिले पनि उत्तिकै छ । मेरी बास्सैमा काम गर्नेताका अर्का कलाकार विल्सन विक्रम राई अर्थात तक्मे बुढा सँग जोडी बाँधेर स्टेज पुग्ने केदार प्रसाद घिमिरे यतिबेला भने आफ्नै श्रीमती सीता देवी तिमिल्सीनासँग स्टेजमा पुग्ने गरेका छन् ।

पछिल्लो समय केदारले आफ्नै श्रीमती सीता देवी तिमिल्सीनासँग प्रहसन दिँदै दर्शक हँसाउँदै आईरहेका छन् । उनीहरुको प्रहसनमा केदार माग्ने बुढाकै गेटअपमा छन् भने सीता पुलिसको भूमिकामा प्रस्तुत हुँदै आएकी छिन् । केदारकी श्रीमती सीताले मेरी बास्सै भन्दा पहिले सिरियल जुरेलीमा काम गरेकी थिईन् ।

तर उनलाई दर्शकले भने सिरियल मेरी बास्सैमार्फत चिनेका हुन् । मेरी बास्सै, जिरे खुर्सानी हुँदै सीता यतिबेला भद्रगोलमा सक्रिय छिन् । भद्रगोलमा उनी चन्द्रमुखीको भूमिकामा छिन् जसलाई दर्शकले अत्यधिक रुचाएका छन् । भद्रगोलमा उनले बोल्ने थेगो यो कुरा कसैलाई नभन्नु नी फेरि निकै हिट भएको छ ।

बुढीकन्या चन्द्रमुखीको भूमिकामा रहेकी उनलाई कहिले सीते बा त कहिले पाँडेले आँखा लगाउँन् । केही एपिशोडमा भने पाँडे र सिते बाले अंगालो हालेका सिनहरु पनि राखिएको थियो । श्रीमतीले दिएको यस्तो सिनबारे बोल्दै केदार प्रसाद घिमिरेले बोलेका छन् ।

हामीसँग कुराकानी गर्ने क्रममा उनले सिरियलमा कथाले मागे अनुसार यस्ता सिनहरु गर्नु सामान्य भएको बताएका छन् । केदारको यो कुरामा थप्दै सीताले पनि हामीले कथा मर्न दिनुहुँदैन । त्यस कारण यस्ता सिनहरु दिन आवश्यक हुन्छ । यस्ता सिनहरु सामान्य हुन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस