gufgaf

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

2019/01/22   gufgaf
   

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक प्रमुख चलचित्र हो दाल भात तरकारी । महजोडीले निर्माण गरेको उक्त चलचित्रको छायांकन सम्पन्न भइसकेको छ । आउने शुक्रवार अर्थात माघ ११ गते चलचित्रमा समावेश एक गीत सार्वजनिक गर्ने तयारी भइरहेको निर्माता किरण केसीले जानकारी दिएका छन् ।  भिजिट भिषामा बोलको उक्त गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर रहेको छ ।

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले लेखेको उक्त गीतको संगीत सम्भुजित बास्कोटाले गरेका हुन् । लोक शैलीको उक्त गीतमा हरिवंश आचार्य राजाराम पौडेल,निरुता सिंह,पुष्पल खड्का र आँचल शर्मालाई फिचर गरिएको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । चलचित्र २०७६ को बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ । रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बांदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली चलचित्रका निर्माता हुन् ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल,सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस

‘जात्रै जात्रा’को अफिसियल चार पोष्टर सार्वजनिक

गफगाफ - आगामी जेष्ठ ३ गते रिलिज हुने सिनेमा ‘जात्रै जात्रा&r
पुरा पढ्नुहोस