> Gufgaf.com

रेडियो अडियो

सुनसरी समाज युएईकाे वनभोज कार्यक्रम

2019/01/23   gufgaf

गफगाफ - सुरक्षित प्रवास समृद्ध समाज निमार्ण हाम्रो अभियान भन्ने मुल नाराका साथ सुनसरी समाज युएईले गत शुक्रबार मुसफ्फा पार्क अबुधाबीमा अङ्ग्रेजी नयाँ बर्ष 2019 साल तथा नेपालीहरुको महान चाड माघे सक्रान्तीको सुखद उपलक्ष्यमा भेटघाट तथा शुभकामना आदान प्रदान साथै मनोरञ्जनात्मक साँस्कृतिक वनभोज कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष इन्द्र विष्ट सभापति, उज्यालाे अनलाइनका युएई प्रतिनिधि संञ्चारकर्मी उमाकान्त पाण्डे प्रमुख अतिथि
न्यानाे नेपालका महासचिव अरून अधिकारी, सुनसरी समाज युएईका सल्लाकार सुमन पराजुली, भाेजपुर सेवा समाजका उपाध्यक्ष शुसिल श्रेष्ठ, समाजसेवी कल्याण विष्ट,कटक राई,जमान सिंह लिम्बु,सुबास बानु राई,फाेटाेग्राफर प्रेम जिमी, हातेमालाे समुह अबुधाबी लगायत विभिन्न सामाजिक संघसंस्था युएईका प्रतिनिधिहरु विषेश अतिथि रहनुभएकाे थियाे भने सुनसरी समाजका वरिष्ठ उपाध्यक्ष तारा खड्का न्याैपाने, उपाध्यक्ष भाेला ढकाल,सचिव राम आचार्य,काेषाध्यक्ष दिवश चापागाई,सह-काेषाध्यक्ष देविका आचार्य,सदस्यहरू दुर्गा अधिकारी,सरू कटुवाल,भाेला अधिकारी,चक्र विष्ट,राजदेव,रन्जिता के.सी. लगायत १३९ जनाकाे उपस्थिती रहेकाे थियाे ।

महासचिव सुरेन्द्र लामाले सञ्चालन गर्नुभएको अाैपचारिक कार्यक्रममा संस्थाकाे तर्फबाट संचारकर्मी तथा कलाकार विरेन्द्र दंगालले हामी याे जिल्ला त्याे जिल्ला पुर्व- पश्चिम भन्दा पनि सबैले अा-अाफ्नाे क्षेत्रबाट सबै नेपालीहरुलाई सम्मान गराै र सामाजिक क्षेत्रमा लागाै भन्दै सम्पूर्ण अतिथिहरुलाई स्वागत सम्मान गर्नुभएको थियाे भने कार्यक्रममा युएईका स्थानिय कलाकार समाजका संस्थापक अध्यक्ष राेहित बस्नेत, मदन थापा, लक्ष्मण सुनार, सुरेन्द्र लामाले प्रस्तुती दिदै उपस्थित सबैलाई नचाएका थिए ।

कार्यक्रममा बाेल्दै सल्लाकार सुमन पराजुलीले संस्था स्थापना हुन समस्या भएपनि स्ंस्थाले छाेटाे समयमै विभिन्न क्षेत्रमा सामाजिक कार्य गरिसकेकाे बताउदै हामी छाैँ !,हाम्राे पाईला तपाईकाे लागी ! अभियान अन्तर्गत इटहरी-७, बज्राह निवासी कुष्ठराेगी लालचन सदाकाे घर निर्माणकाे लागी २९,१२६ सहयाेग गरेकाे र सुनसरी जिल्लाकाे इटहरी-१७,पकलीमा भएकाे निशुल्क प्राथमिक उपचार तालिमकाे संयाेजन सुनसरी समाज युएईले गरेकाे जानकारी गराउनु भएकाे थियाे र अागामी दिनहरूमा पनि यस्ता सामाजिक कार्य गर्न गराउन सहकार्य गर्न अपिल गर्नुभएकाे थियाे ।
प्रमुख अतिथी उमाकान्त पाण्डेले संस्थाले छाेटाे समयमा सामाजिक क्षेत्रमा यसरी पहिचान बनाउन सफल भएकाेमा सबै सुनसरी समाज परिवार हार्दिक बधाई दिनुहुदै संस्थाकाे अझै सराहनिय कार्यमा अगाडी बढाेस् भन्दै प्रगतिकाे कामना गर्नुभएकाे थियाे ।
साे कार्यक्रममा उपस्थित सबैले स्वादिष्ट नेपाली खानाका परिकारहरुकाे स्वाद लिनुभएकाे थियाे ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस