gufgaf

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

2019/01/23   Gufgaf
   

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बहादुर’ निर्माण हुने भएको छ । यहि माघ ११  बाट छायांकन सुरु हुन लागेको सिनेमा ’बद्री बहादुर’लाई संचारकर्मी रबि अधिकारीले निर्माण गर्न लागेका हुन् । 

ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानरबाट झण्डै एक करोडको लगानीमा निर्माण हुन लागेको यस सिनेमाका प्रस्तुतकर्ता विजय गोपाल दलि हुन् भने  मिथुन भोटे कार्यकारी निर्माता हुन् ।

चलचित्र ’बद्री बहादुर’मा छुल्ठिम गुरुङ ,जय किसन बस्नेत, धिरेन शाक्य,  शोभित बस्नेत ,लय संगौला ,एलिना रायमाझी, उत्तम केसी, अन्जु केसी , वर्षा चौलागाईं , पुरन थापा, राम गौतम , मनोज केसी ,उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ । 
 यसै सिनेमा मार्फत राजिब जङ बस्नेत र एलिना गुरुङ डेब्यु गर्दैछन् । यस सिनेमामा अभिनेत्री पुजा शर्मा र सलोन बस्नेतको पनि  बिशेष भूमिका रहने छ ।

सिनेमामा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत ,रामकाजी घिमिरको लेखन, शिब बिकको नूत्य निर्देशन र शंकर महर्जनको द्वन्द रहने छ । रामजी राउत र ज्ञान कुमारको मुख्य सहायक निर्देशन रहने ’बद्री बहादुर’लाई बिनोद सापकोटाले छायांकन गर्नेछन् भने समिर मियाले सम्पादन । 

सिनेमाको छायाकंन लमजुङ्ग, काठमाडौं ,धरान र संखुवासभाको विभिन्न ठाउमा गरिने भएको छ । सिनेमालाई आगामी तिजको छेको पोर प्रदर्शन गरिने भएको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार
पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस

‘जात्रै जात्रा’को अफिसियल चार पोष्टर सार्वजनिक

गफगाफ - आगामी जेष्ठ ३ गते रिलिज हुने सिनेमा ‘जात्रै जात्रा&r
पुरा पढ्नुहोस