gufgaf

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

2019/01/23   gufgaf
   

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचित्र ’समर लभ’ को नयाँ गीत सार्वजनिक भएको छ । माघ २५ बाट रिलिज हुने चलचित्रको पुष्पन प्रधानको शब्द संगीत रहेको ‘हेरन बाँझो मनभरी’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सुमित विश्वकर्माको स्वर रहेको छ । चलचित्रलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् ।

बिनोद अधिकारी चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा आशिष पिया रेवती क्षेत्री, नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी, कविता रेग्मी, ओमप्रतिक गुरुङ लगायत अभिनयमा छन् । चलचित्र टिम यतिबेला मोफसलका दर्शकसँग साक्षातकार गरिरहेको छ । त्यसका साथै युवापुस्ता लक्षित कलेज क्याम्पियन लाई समेत तिब्र बनाईरहेको छ ।

पश्चिम नेपालको नेपालगञ्जबाट मोफसल यात्रा सुरु गरेर दाङको तुलसिपुर, घोराही, बुटवल, चितवन, हेटौँडा, धरान, इटहरी, दमक, बिर्तामोडसम्म ’समर लभ’ टिम पुगी सकेको छ । सुबिन भट्टराईको चर्चित कृति समर लभमा आधारित चलचित्र ’समर लभ’ को ट्रेलर र यसअघि सार्वजनिक ’साया’ बोलको गीतलाई दर्शकले रुचाएका छन् । चलचित्रको पटकथा  सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवाद लेखनमा सामिप्य र सुबिनले संयुक्त रुपमा गरेका हुन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस