gufgaf

किन गरे प्रदिप खड्काले दि ब्रेकअपको ट्रेलर आफ्नो फेसबुकमा शेयर ?

2019/01/24   gufgaf
   

गफगाफ - नेपाली चलचित्र बजारका नायक तथा नायिकाहरुलाई आफैले अभिनय गरेको चलचित्र प्रमोशनका निम्ति समय हुदैन । यसै कारण धेरै जसो नायक नायिका र निर्माता निर्देशक बिच मनमुटाव पनि हुने गरेको छ । यही अवस्थामा एक अभिनेताले अन्य अभिनेताले अभिनय गरेको चलचित्रको प्रमोशनमा समय खर्चिन सक्लान ? 

तर, अभिनेता प्रदिप खड्काले भने चलचित्र दि ब्रेकअपको ट्रेलर आफ्नो फेसबुकमा  शेयर गरेका छन् र चलचित्रको प्रशंसा समेत गरेका छन् । उनले चलचित्रको ट्रेलरको प्रशंसा गर्दै विदेशी चलचित्रलाई नेपाली चलचित्रले पछि पार्न हटाउन सक्नु पर्ने कुरा उल्लेख गरेका छन् । अभिनेता प्रदिप खड्काले दि ब्रेकअपको ट्रेलर यसरी शेयर गरेर उदाहरणिय काम गरेको र यसता कामले चलचित्र नगरीमा सहयोगी भावना मौलाएर जान सक्ने धेरैको तर्क छ । 

तर कति चलचित्र पण्डितहरुले भने प्रदिपले निर्देशक बिसी सँग नजिक हुनका लागि ट्रेलर शेयर गरेका हुन् भन्ने गरेका छन्  । अभिनेता प्रदिप खड्का र अनमोल केसीलाई धेरैले एक अर्काको प्रतिस्पर्धीका रुपमा हेर्ने गरेका छन् । अनमोल अभिनित चलचित्र क्याप्टेन पनि सोहि दिनबाट प्रदर्शनमा आउँदैछ । उनले दि ब्रेकअपको प्रचार गर्नुको पछाडि अनमोल पनि हुन सक्ने बताइन्छ । अभिनेता प्रदिप हेमराज वीसीको निर्देशनमा बन्न लागेको चलचित्रमा काम गर्ने तयारीमा छन्  ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस