> Gufgaf.com

रेडियो अडियो

अनमोलले इन्कार गरेको चलचित्रमा प्रदिपलाई अफर

2019/01/24   gufgaf

गफगाफ -  सुपरस्टार अभिनेता अनमोल केसीले छाडेको चलचित्र ‘ब्याचलर बन्टी’ का निम्ति अर्का सुपरस्टार अभिनेता प्रदीप खड्कालाई अफर गरेको खबर बाहिरिएको छ । केही समय अघि मात्र अनमोलले चलचित्रको कथा मन नपरेको भन्दै चलचित्रबाट हात झिकेका थिए । निर्देशक मिलन चाम्सले अभिनेता अनमोललाई उनले तोके अनुसारको मुल्य दिएर चलचित्र ‘ब्याचलर बन्टी’ मा साइन गराएका थिए ।

तर कथा हेरिसके पश्चात अनमोलले चलचित्रमा काम गर्न इन्कार गरे । अहिले आएर चलचित्रका निर्माता सुदीप खड्काले अभिनेता प्रदीप खड्कालाई चलचित्रका निम्ति अफर गरेका छन् । निर्माता खड्का र अभिनेता खड्काबीच चलचित्रको विषयमा रहेर कुरा पनि भइसकेको बताइएको छ । तर अभिनेता प्रदिपले  चलचित्रमा काम गर्ने नगर्ने भन्ने बारै कुने उत्तर नदिएको बताइएको छ । प्रदिपको  यस अघि नै ३ चलचित्रमा काम गर्ने पक्का भइसकेका कारण उक्त चलचित्रमा काम गर्ने सम्भावना न्युन रहेको बताइन्छ ।

यदि प्रदिपले चलचित्रमा काम गर्ने पक्का भए चलचित्रको नाम समेत परिवर्तन गर्ने निर्माण पक्ष्यको योजना छ । ‘ब्याचलर बन्टी’ बाट चलचित्रको नाम ‘सोलिडोली’ राख्ने सोच निर्माण पक्ष्यले गरेको छ । खासमा सुरुमा यो चलचित्रको नाम ‘सोलिडोली’ नै थियो र चलचित्रमा प्रदिपलाई नै अभिनय गराउने समेत तय भइसकेको थियो तर अभिनेता प्रदिप खड्का र निर्देशक मिलन चाम्स बिचको सम्पन्धमा केही खट्पट भएपछि उक्त चलचित्रको नाम ‘ब्याचलर बन्टी’ राखेर अनमोललाई अफर गरिएको थियो ।

तर अन्तत अनमोलले उक्त चलचित्र नगर्ने बताए पछि निर्माण पक्ष्य पुन प्रदिप खड्का तिर नै फर्किएको छ । निर्माता सुदीप खड्का, प्रदीपलाई चलचित्रका निम्ति मनाउने प्रयासमा छन् । तर प्रदिपले चलचित्रमा काम गर्ने नगर्ने यकिन भएको छैन ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस