
>
गफगाफ - फ्राइडे रिलिज अन्तर्गत यो साता ३ चलचित्र प्रदर्शनमा आएका छन् । आज बाट प्रदर्शनमा आएका ३ चलचित्रहरु हुन् आरोप,अनागत र बैना । चलचित्र आरोलाई निर्देशक अमर ओलीले निर्देशन गरेको चलचित्र हो आरोप । उनले यसै चलचित्र बाट निर्देशनमा डेव्यु गरेका हुन् । चलचित्र दिलासा क्रिएसनको व्यानरमा निर्माण भएको हो । चलचित्र दिनेश राउत र बिजय पाठकले निर्माण गरेका हुन् ।
चलचित्र आरोपमा सञ्चिता लुइटेल, किसोर खतिवडा,रश्मि भट्ट,सुशिल पोखरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा राईको नृत्य,सानुकुमार महर्जनको द्धन्द,गणेश चौधरी र एस के अधिकारीको संगीत रहेको छ । चलचित्रमा विरेन्द्र भट्टको छायांकन रहेको चलचित्र आरोपको सम्पादन साहिल खानले गरेका हुन् ।
यस्तै आजै बाट प्रदर्शनमा आएको अर्को चलचित्र हो अनागत । चलचित्र अनागतको निर्देशन निर्देशक साम्तेन भुटियाले गरेका हुन् । यो चलचित्रको छायांकन करिब ३ वर्ष अगाडी नै गरिएको थियो,तर चलचित्र प्रदर्शन भने बल्ल आज बाट भएको छ । चलचित्र अनागतमा पारिवारिक कथा समेटिएको छ । परिवार प्रति उत्पन्न शंकाका कारण आइपर्ने समस्याहरुलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ ।
चलचित्रमा अभिनेता अर्पण थापा र अभिनेत्री प्रियंका कार्की श्रीमान श्रीमतीका रुपमा प्रस्तुत भएका छन् । चलचित्रमा प्रियंका र अर्पणका अलावा रोसिन सुवेदी,प्रविण खतिवडा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रको कथा चन्द्र कुमार झा ले लेखेका हुन् । चलचित्रमा प्रवचन श्रेष्ठ र साम्तेन भुटियाको पटकथा रहेको छ भने चलचित्रको छायांकन सिजन बानियाँले गरेका हुन् ।
आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो बैना । यो चलचित्रको निर्देशन दिल प्रकास याक्सोले गरेका हुन् । चलचित्र पे्रम कथामा आधारित छ । हिमाली लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई हिमाली लिङ्देन,राजु लिङ्देन,धनबहादुर याक्सो र बिना पालुङवाले संयुक्त रुपमा निर्माण गरेका हुन् । यो चलचित्रमा विकास चौधरीको संगीत,विजय केरुङको कथा,पटकथा तथा संवाद रहेको छ । चलचित्रको सम्पादन तारा थापा किम्भे ले गरेका हुन् ।
गफगाफ - आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस
गफगाफ - अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस