gufgaf

‘बद्री बहादुर’को छायाकंन शुरु

2019/01/25   Gufgaf
   

चलचित्र ‘बद्री बहादुर’को  शुक्रबार काठमाडौंको कमलादी स्थित गणेशस्थान मन्दिरमा पूजाआजा गरि छायाकंन शुरु गरिएको छ । शोभित बस्नेतको निर्देशनमा बन्न लागेको ‘बद्री बहादुर’को काठमाण्डौमा शुभ साईत गरेर लमजुङमा आजबाट नै  छायांकन गर्ने हिसाबले निर्माण युनिट त्यता लागेको छ ।

केहि दिनको लमजुङ छायांकन पछि काठमाडौं,धरान अनि  संखुवासभामा सिनेमाको करिब २ महिना छायांकन हुनेछ । करिब एक करोड लगानीमा बन्न लागेको यस सिनेमामा सञ्चारकर्मी रवि अधिकारीको लगानी रहने छ । ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानर विजय गोपाल दलि प्रस्तुतकर्ता रहने सिनेमाका मिथुन भोटे कार्यकारी निर्माता हुन् ।

 कमेडी जनरामा बन्न लागेको सिनेमा ‘बद्री बहादुर’मा छुल्ठिम गुरुङ ,जय किसन बस्नेत,धिरेन शाक्य, शोभित बस्नेत ,लय संगौला ,एलिना रायमाझी,उत्तम केसी,अन्जु केसी , वर्षा चौलागाईं , पुरन थापा, राम गौतम , मनोज केसी ,उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ । यस सिनेमाबाट राजिब जङ बस्नेत र एलिना गुरुङ नेपाली रजतपटमा डेब्यु गर्दैछन् । सिनेमामा नायिका पुजा शर्मा र सलोन बस्नेतको बिशेष भूमिका रहने छ ।

सिनेमामा रामकाजी घिमिरेको लेखन रहेको छ भने शिब बिकको नृत्य निर्देशन रहनेछ । टंक बुढाथोकी र उजन नेम्वाङको संगीत रहने यस सिनेमामा शंकर महर्जनको द्धन्द रहनेछ ।  ‘बद्री बहादुर’ मा बिनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहने छ । सिनेमा आगामी तीजको छेको पारेर प्रदर्शनमा आउने भएको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस

‘जात्रै जात्रा’को अफिसियल चार पोष्टर सार्वजनिक

गफगाफ - आगामी जेष्ठ ३ गते रिलिज हुने सिनेमा ‘जात्रै जात्रा&r
पुरा पढ्नुहोस