
>
महसञ्चारको ब्यानरमा निर्माण भएको सिनेमा ‘दाल भात तरकारी’मा समावेश ‘भिजिट भिसामा’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमका बीच सिनेमामा समावेश पहिलो गीत ‘भिजिट भिसामा’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकारहरु समावेश छन् ।
गीतमा अन्जु पन्त र निशान भट्टराईको आवाज रहेको छ भने हरिवंश आचार्यका शब्दमा संगीतकार सम्भुजित बास्कोटाले संगीत भरेका छन् ।
लोक शैलीको यस गीतमा हरिवंश आचार्य राजाराम पौडेल, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा र वर्षा राउतलाई फिचर गरिएको छ । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।
२०७६ सालको बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने यस सिनेमालाई रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार , शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बांदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनिया र सुमित मैनालीले संयुक्त रुपमा निर्माण गरेका हुन् । सिनेमामा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका रहेको छ ।
सिनेमामा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल,सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बांदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
गफगाफ - आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस
गफगाफ - अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस