gufgaf

आमा नबन्ने मुडमा माधुरी र जुही !

2019/01/25   Gufgaf
   

बलिवुडमा ८०  र ९० को दशक र त्यस भन्दा अगाडि ५० कटिसकेका अभिनेत्रीहरुलाई  निर्माताले सिनेमामा आमाको भूमिकाको प्रस्ताव राख्थे । अभिनेत्रीहरुले पनि सहजै यस्ता भूमिकाहरु निर्वाह गर्थे । तर अहिले यसको ठिक उल्टो छ । अभिनेत्रीहरु ५० कटिसक्दा पनि आफूहरुलाई जवान राख्न निकै मेहनत गर्छन् ।  यस्तै उनीहरु सिनेमामा पनि आफूलाई ग्लयामरस रुपमा प्रस्तुत गर्न खोज्छन् । अभिनेत्री माधुरी दिक्षित,  निना गुप्ता, जुही चावला  यसका उदाहण हुन् ।  
उनीहरु सिनेमामा आमा, फुपु वा ठूली आमाको भूमिका निर्वाह गर्न मान्दैनन् ।  अभिनेत्री जुही चावलालाई अगामी एक सिनेमामा अभिनेत्री तापसी पन्नुकी आमाको भूमिकाका लागि अफर गरिएको थियो । तर उनले यो भूमिका गर्न मानिनन् ।  

उनले छोडेको त्यो भूमिका अमृता सिंहले गरेकी छिन् जुन भूमिका हेर्न जुही निकै उत्साहित पनि छिन् । जुहीले यो सिनेमामा भूमिका मन नपरेर भन्दा पनि आमा बन्नको लागि खर्चिनु पर्ने समय सम्झेर काम नगरेको भारतीय सञ्चार माध्ययमलाई बताएकी छिन् । 

पछिल्लो समय उनलाई यस्ता भूमिकाहरुका लागि दिनहुँ प्रस्ताव आईरहेको छ । तर उनले गरेकी छैनन् । उता अभिनेत्री निना गुप्ताले पनि गत वर्षको हिट सिनेमा बधाई हो मा अभिनेता आयुष्मान खुरानाको आमा  बनेर काम गरिन् । उनलाई यो सिनेमा पछि अन्य केही सिनेमाका लागि आमाको भूमिकाका लागि अफर आईरहेका छन् । तर उनले ती भूमिका गर्न चाहेकी छैनन् । 

आगामी सिनेमा टोटल धमालमा अभिनेत्री माधुरी दिक्षित  ग्लयामरस भूमिकामा देखा पर्दैछिन् ।  त्यस्तै अर्को सिनेमा कलंकमा पनि उनी आमाको भूमिकामा छैनन् ।
उनको निकट स्रोतका अनुसार उनी आगामी ६ वर्ष सम्म यस्ता बुढा रोलहरु नगर्ने मुडमा छिन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस