gufgaf

‘साङलो’मा निकिता फाईनल, बन्नेछिन् विराजको जोडी

2019/01/27   Gufgaf
   

मिस नेपालहरुको सिनेमा मोह खासै नदेखिएको बेला मिस नेपाल २०१७ कि विजेता निकिता चन्दक भने सिनेमामै करिअर बनाउने तरखरमा अघि बडेकी छिन् । पहिलो सिनेमाको काम रोकिएपछि उनले त्यो सिनेमा छोडेर दोस्रो सिनेमा साईन गरेकी छिन् । अभिनेता विराज भट्टले निर्माण तथा निर्देशन गर्न लागेको सिनेमा साङलोमा निकिता मुख्य भूमिकामा प्रस्तुत हुने भएकी छिन् । यस सिनेमामा उनी विराज भट्टको जोडीको रुपमा प्रस्तुत हुने भएकी छिन् ।  गत शुक्रबार मात्रै विराज भट्ट र निकिताबीच आधिकारिक सम्झौता भएको हो ।

सिनेमाको क्यारेक्टरले नै निकितालाई मागेकोले सिनेमाका लागि निकितालाई फाईनल गरिएको विराजले बताएका छन् । सिनेमामा एकदमै बोल्ड, कन्फिडेन्ट, ड्यासिङ युवतीको रुपमा निकितालाई प्रस्तुत गरिनेछ । यस सिनेमामा अभिनेत्रीको भूमिका पनि अभिनेताको जत्तिकै भएको निर्माण पक्षले जनाएको छ ।

सिनेमा चैतको पहिलो साताबाट फ्लोरमा जानेछ । यसअघि निकिताले सिनेमा ‘रानीमहल’मा काम गरेकी थिइन् । तर, यो सिनेमाको काम आधामै रोकिएको छ । सिनेमाको छायाकंन लामो समय बितिसक्दा पनि नभएपछि निकिताले यो सिनेमा छोडिसकेको जानकारी छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस

‘जात्रै जात्रा’को अफिसियल चार पोष्टर सार्वजनिक

गफगाफ - आगामी जेष्ठ ३ गते रिलिज हुने सिनेमा ‘जात्रै जात्रा&r
पुरा पढ्नुहोस