gufgaf

‘क्याप्टेन’को गीतमा निरुता र भुवन

2019/01/27   Gufgaf
   

अभिनेत्री निरुता सिंह १० वर्षपछि नेपाली सिनेमा उद्योगमा फर्किँदा पनि उनलाई  एकपछि अर्को सिनेमा मिलिरहेका छन् । केही समय अघि एक अवार्ड कार्यक्रमका लागि नेपाल आएको मेसोमा उनले सिनेमा नाई नभन्नु ल ५ मा काम गरेकी थिईन् । 

यस सिनेमामा उनका सिमित सिनहरु थिए । तर दर्शकले उनलाई अलिकति देख्न पाउँदा पनि निकै ठूलो खुशी मिलेको बताए । दर्शकको यहि मायाका कारण निरुताले सिनेमा ‘दाल भात तरकारी’मा हरिवंश आचार्यको जोडीको रुपमा काम गरेकी छिन् । 

यो सिनेमाको छायाकंनको लागि २ महिना नेपाल बसेर  केही दिन अघि मात्रै मुम्बई फर्केकी निरुता फेरि नेपाल आएकी छिन् । उनी यस पटक पनि सिनेमाको कामले नेपाल आएकी हुन् । उनी सिनेमा क्याप्टेनमा समावेश एक गीतको लागि  नेपाल आएकी छिन् । 
 
केही दिन अघि मात्रै मुम्बई पुगेकी निरुता अभिनेता अनमोल केसीको आग्रहमा नेपाल आएकी हुन् । अनमोलकै आग्रहमा उनले यस गीतमा काम गर्न मानेको निर्माता भुवन केसीले बताएका छन् । 

केही समय अगाडि एक कार्यक्रममा निरुताले आफूलाई अभिनेता अनमोल केसीसँग काम गर्न मन लागेको बताएकी थिईन् । सिनेमा क्याप्टेनमा समावेश उक्त गीतले  उनको यो ईच्छा पूरा गर्ने भएको छ ।  उक्त गीतमा  निरुतासँगै अनमोल केसी र भुवन केसीले नृत्य गर्नेछन् । 


फागून १७ गतेबाट प्रदर्शनमा हुन लागेको ‘क्याप्टेन’मा समावेश उक्त गीतको छायांकन केही दिनमा हुने निर्माण पक्षले जनाएको छ । यस गीतमार्फत अभिनेता भूवनको ८ बर्षपछि कमब्याक हुँर्दैछ । निरुता सिंहले २५ बर्ष अगाडि भूवन केसीकै सिनेमा  ‘दक्षिणा’बाट यो क्षेत्रमा पाइला टेकेकी हुन् । 

‘क्याप्टेन’मा अभिनेता अनमोल फुटबलरको भमिकामा छन् । दिवाकर भट्टराईको निर्देशन रहेको यस सिनेमामा अनमोलसँगै उपासना सिंह ठकुरी र प्रियंका एम भि मुख्य भमिकामा छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस