> Gufgaf.com

रेडियो अडियो

अनमोल पछि निर्देशक मिलन चाम्सले पनि छाडे “व्याच्लर वन्टि” 

2019/01/28   gufgaf

गफगाफ -  सुरुवातमा अनमोललाई लिएर व्याच्लर वन्टि निर्माण गर्ने कुरा निर्देशक मिलन चाम्सले नै खुलाएका थिए । उनले चलचित्रका अनमोलले काम गर्ने पक्का भइसकेको समेत बताएका थिए । तर अन्तत चलचित्रको कथामा दोष देखाउदै नायक अनमोल केसीले उक्त चलचित्रमा काम नगर्ने बताए र उनले उक्त चलचित्रकाट हात झिके ।

सञ्चार माध्यममा अर्को हल्ला फैलियो अब अनमोलले छाडेको चलचित्रमा कस्ले काम गर्ला ? चलचित्रका निर्माता सुदिप खड्काले नायक अनमोल केसीको सट्टा उक्त चलचित्रमा काम गर्नका लागी नायक प्रदिप खड्का रोजे । उनले नायक प्रदिप खड्का सँग चलचित्रको विषयमा कुरा समेत अघि बढाइसकेका छन् । 

तर चलचित्र निर्माता सुदिप खड्काले अनमोलले नमाने पछि प्रदिप रोजेको केहि दिन पुग्न नपाउदै चलचित्र निर्देशन गर्ने भनेर पक्का भइसकेका निर्देशक मिलन चाम्सले समेत उक्त चलचित्रमा काम नगर्ने भएका छन् । उनले चलचित्र बोबी २ मा व्यस्त हुने कारण देखाउदै उक्त चलचित्रबाट हात झिकेका छन् ।

अभिनेता प्रदिप खड्का र निर्देशक मिलन चाम्स बिचको सम्वन्ध त्यति राम्रो नभएको बेलाबेलामा चलचित्र नगरीमा चर्चा हुने गरेको छ । प्रदिप खड्कासँग राम्रो सँग कुरा हुन नपाउदै निर्देशक चाम्सले चलचित्रबाट हात भिक्नुले त्यो कुरालाई अझ धेरै प्रमाणित गरिदिएको छ । चलचित्र बोबी २ को औपचारिक घोषणा भइसकेको छ ।

निर्देशक चाम्सले बोबी २ पश्चात पनि आफूसँग ३ वटा प्रोजेक्ट लाइन भएको बताएका छन् । अब चलचित्रको नायक टुंगो लाग्न नपाउदै चलचित्र निर्देशन कसले गर्छ भन्ने कौतुहलता चलचित्र नगरीमा थपिएको छ । निर्देशक मिलन चाम्स चलचित्रबाट बाहिरिए सँगै उक्त चलचित्रमा अब प्रदिपले काम गर्न सक्ने धेरैको अड्कल छ ।

चलचित्रका लागि अभिनेता प्रदिप खड्कासँग निर्माता खड्काको कुरा भैरहेको खबर बाहिरिएको छ । प्रदिप र निर्माता खड्का यो कथामा चलचित्रको नाम सोलीडोली राखेर काम गर्ने बिषयमा सहमती नजिक पुगेको चर्चा छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस