> Gufgaf.com

रेडियो अडियो

‘बेष्ट मोडल अफ द इयर’को दोस्रो सिजन सुरु

2019/01/28   gufgaf

गफगाफ - नेपाल फेसन सिटी आयोजक रहेको सौदर्य प्रतियोगीता ‘बेष्ट मोडल अफ द इयर’को दोस्रो सिजन सुरु भएको छ । आयोजकले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘बेष्ट मोडल अफ दि इयर २०१९’को आवेदन खुल्ला भएको जनाएको हो । स्वदेश तथा बिदेशका लागि आवश्यक प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गर्ने उदेश्य राखेको प्रतियोगीताको पहिलो अडिसन यहि १७ गते टेकुस्थित मसला कटेजमा आयोजना हुँदैछ ।

आवेदका लागि संस्थाको कुपन्डोलमा रहेको नेपाल फेसन सिटीको कार्यालय वा फोन नम्बर ९८४१०१३४४९ र ९८४३८०२२२४ मा सिधै सम्पर्क गर्न समेत सकिनेछ ।  
काठमाडौबाट सुरु हुने अडिसन पोखरा, नारायघाट, बुटवल, धरान, चितवन हुँदै पुनः काठमाडौमा आएर सकिनेछ ।१४ देखि ३२ बर्षसम्मका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा बिभिन्न चरणको अडिसनबाट छानिएका युवायुवती मात्र अन्तिम स्पर्धाका लागि भिड्ने नेपाल फेसन सिटीकी प्रबन्ध निर्देशक रुथ मास्केले जानकारी दिइन् ।

कोरियोग्राफर तथा प्रोग्राम कोअडिनेटर प्रवेश गिरी रहेको प्रतियोगीताका अन्तिम प्रतियोगी र्याम्प, व्यक्तित्व विकास, सञ्चारकला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङ लगायत विषयको दक्ष प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिनेछन् ।  प्रतियोगीताको शिर्ष बिजेताले नगद १ लाख सहित बिभिन्न गिफ्ट उपहारको रुपमा प्राप्त गर्न सक्नेछन् । प्रतियोगितामा शिर्ष सहित अन्य आधा दर्जन शिर्षकमा बिजेता समेत छानिने आयोजकले जनाएको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस