> Gufgaf.com

रेडियो अडियो

सुशील सिटौला र सुवेक्षा खड्का ‘मायामा’

2019/01/28   gufgaf

गफगाफ - माघ १८ गतेबाट प्रदर्शन हुने एक्शन जनराको चलचित्र ‘रणवीर’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मायामा’ बोलको गीतमा अभिनेता सुशील सिटौला र नव अभिनेत्री सुवेक्षा खड्काले रोमान्स गरेका छन् । सार्वजनिक गीतको कोरियोग्राफी गम्भिर बिष्टले गरेका हुन् । गीतको कोरियोग्राफीमा पनि निकै मेहनत झल्किएको छ । 
गीतमा हर्कुलेस बस्नेत र प्रविशा अधिकारीले स्वर दिएका छन् । गीतको रचना तथा संगीत पनि गायक हर्कुलेस बस्नेत स्वयमले गरेका हुन् । पोखराका मनोरम दृश्यले गीतको रौनक अझ बढाएको छ । यस अघि चलचित्रमा समावेश दुई गीतहरु सार्वजनिक भइसकोका छन् । चलचित्रको ट्रेलरलाई पनि दर्शकले रुचाएका छन् । 

चलचित्र ‘रणवीर’ मा माया, मित्रता सँगै बदलाको भावनाका कारण आइ परेका समस्या र त्यसको समाधानलाई कथाका रुपमा प्रस्तुत गरिएको छ । चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । चलचित्रमा चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । चलचित्रको छायांकन महेश पौडेलले गरेका हुन भने कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । 

प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा बनेको चलचित्रको निर्माण गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा गरेका हुन् । चलचित्रमा सुशील र सुवेक्षासँगै सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, शैलेश्वरी सिंह लगायतको अभिनय देख्न सकिन्छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस