gufgaf

यस्तो बन्ने भो धुर्मुस सुन्तलीको किक्रेट मैदान

2019/01/29   Gufgaf
   

हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सीताराम कट्टेल र कुञ्जना घिमिरेले केही नमुना बस्तीहरु बनाएर घरबार बिहिन भएकाहरुलाई नयाँ जीवन दिएका छन् । सामाजिक कामले सबैको प्रिय बनेको यो जोडी अब अन्र्तराष्ट्रिय किक्रेट मैदानको काममा जुटेको छ ।

सम्बृद्धि सम्भव छ हाम्रै पाला, बनाऔँ मिली अन्तराष्ट्रिय रंगशाला भन्ने नाराका साथ धुर्मुस सुन्तली फाउण्डेशन गौतम बुद्ध अन्र्तराष्ट्रिय किक्रेट मैदानको तयारीमा जुटेको छ । केही समय देखि किक्रेट मैदानको लोकेशन र डिजाईनको काममा सक्रिय रहेका धुर्मुस सुन्तलीले अन्तत लोेकेशन र डिजाईन सार्वजनिक गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुले किक्रेट रंगशालाको डिजाईन सार्वजनिक गर्दै बुधबार यसको आधिकारिक घोषणा गरिने जानकारी दिएका छन् । गौतम बुद्ध अन्र्तराष्ट्रिय किक्रेट मैदान नाम राखिएको उक्त क्रिकेट मैदान भरतपुर चितवनमा बनाउन लागिएको छ ।

देशकै पहिलो अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अठोट लिएका सीताराम र कुन्जनाले बुधबार दिउँसो साढे १ बजे राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा यसको आधिकारिक घोषणा गर्दै यस प्रोजेक्टको बारेमा विस्तृतमा जानकारी दिने भएका छन् ।

नेपाल सरकारले पनि आँट गर्न नसकेको प्रोजेक्ट शुरु गरेका धुर्मुस सुन्तली सम्पूर्ण नेपालीहरुको सहयोगले यो प्रोजेक्ट पूरा गर्नेमा ढुक्क देखिन्छन् । योसँगै यतिबेला उनीहरु सिनेमाको तयारीमा पनि छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस