gufgaf

‘पुरानो बुलेट’को प्रचार फन्डा फोटो पठाउनुहोस पुरस्कार जित्नुहोस 

2019/01/30   gufgaf
   

गफगाफ -  चैत्र १ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र हो ‘पुरानो बुलेट’। यो चलचित्र क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको हो । चलचित्र ‘पुरानो बुलेट’ युनिटले चलचित्र प्रचारका निम्ति नयाँ फन्डा अपनाएको छ । चलचित्र ‘पुरानो बुलेट’को प्रबद्र्धन गर्न ‘पुरानो बुलेट’ संग पुरानो फोटो’ पोष्ट कन्टेष्ट प्रतियोगिता आह्वान गरेको छ ।

कम्पनीले नगद पुरस्कार सहितको फोटो कन्टेष्ट प्रतियोगिताको घोषणा गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँं पुरस्कार र सहभागी मध्येका १० जनालाई जनही सान्तवना स्वरुप नगद ३ हजार रुपैयाँ पनि प्रदान गरिने बताइएको छ । ‘पुरानो बुलेटसंग पुरानो फोटो प्रतियोगिता’लाई फेसबुकको लाइक र दुई तस्विरको तुलनात्मक विम्वको आधारमा छनौट गरिने क्रेजी इन्टरटेनमेन्टले जनाएको छ ।

“एल्वममा थन्किएका तस्विर हेर्दा होस वा बेला बेला पहिल्यै नै फेसबुकमा पोष्ट भएका तस्विर फेसबुकले देखाइदिंदा होस उक्त तस्विर हेर्दा जो कसैलाई रमाइलो हुन्छ । पुरानो यादहरु जो कसैलाई मिठो लाग्छ । त्यही यादहरुलाई रमाईलो बनाउन हामीले यो प्रतियोगिता गरेका हौं । जहाँ तस्विरमा कैद भएका पुरानो पल र वर्तमान पलहरुलाई कैद गरेको दुई तस्विरलाई तुलनात्मक सँगै राख्दा झनै रमाईलो हुने नै भयो । यही पललाई चलचित्र ‘पुरानो बुलेट’ले तंपाईहरुसँग बाँड्न चाहन्छ,” चलचित्रका निर्देशक भिषण राईले भने ।

प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीले भाग लिन पाउने बताइएको छ । यस प्रतियोगितामा सबै क्षेत्र, वर्ग, जात, उमेर, लैङ्गिक, धर्म, भाषा र समुदायका ब्यक्तिले सहभागिता जनाउन सक्नेछन् । आगामी फागुनको चौथो हप्ताको अन्त्य सम्ममा क्रेजी इन्टरटेनमेन्टको आधिकारिक पेजबाट पोष्ट भएका तस्विरलाई मात्र मान्यता दिइने बताइएको छ । चलचित्रको छायांकन  काठमाण्डौ सँगै पुर्वका नाम्जे, लेटाङ, दोमुखा लगायतका स्थानहरुमा गरिएको ।

सन्तोष राई र भीषण राईको कथा पटकथा रहेको उक्त चलचित्रमा हरि घले लामाको छायांकन रहेको छ । चलचित्रमा अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रमा अशोक कुमार साम्पाङ, विरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बु निर्माताका रुपमा छन् । कार्यकारी निर्मातामा सन्तोष राई रहेका छन् । चलचित्रमा अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्वु, शिव मुखिया, कृष्णभक्त महर्जन, कविता आले लगायतले अभिनय रहेको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस