gufgaf

सन्तोष दुमीको “बन्द नगर त्यो दिलको ढोका”

2019/01/30   gufgaf
   

गफगाफ -  गायक तथा संगितकार सन्तोष दुमीको स्वरमा “बन्द नगर त्यो दिलको ढोका” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा हास्यव्यङ्गयकार राजा राजेन्द्र पोख्रेलको शब्द तथा संंगीत रहेको छ । गायक दुमीको जन्मदिनको अवसर पारेर उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । 

यो गीतको अडियो रेकर्ड भने करिव ८ वर्ष अगाडी नै भएको थियो । प्रविधिको विकासलाई आत्मसाथ गर्दै ढिलै भए पनि गीतको म्युजिक भिडियो निर्माण गरेको गायक दुमी बताउछन् । भिडियोमा विध्यालयकी शिक्षिका र बिध्यार्थी बिचकोे बाल सुलभ प्रेमलाई प्रस्तुत गरिएको छ । भिडियोको निर्देशन सुमन सागर जङ्ग के.सी. ले गरेका हुन् । 

उक्त भिडियोलाई विवेक मोक्तानले कोरियोग्राफि गरेका छन । गीतमा दिनेश पराजुलीको छायांकन रहेको छ भने सुरेश राउतको सम्पादन रहेको छ । उक्त भिडियोलाई गायक दुमीको अफिसियल युटुव च्यानलमर्फत सार्वजनिक गरिएको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस