gufgaf

शोभित बस्नेतका चलचित्रमा राजिब को डेब्यु 

2019/01/30   gufgaf
   

गफगाफ - शोभित बस्नेतको निर्देशन रहेको चलचित्र  ‘बद्री बहादुर’को यति बेला छायांकन भै रहेको छ । यसै चलचित्र बाट नेपाली रजतपटमा राजिब जङ बस्नेतले नायकको रुपमा डेब्यु गर्दैछन । राजिब जङ बस्नेत  चलचित्र  ‘बद्री बहादुर बाट रजतपटमा डेब्यु गर्न करिब छ महिना कडा मेहेनेत गरेका थिए । चलचित्रमा आफ्नो भूमिकामा फिट हुन राजिबले कडा तयारी गरेका हुन ।

तेक्वान्दोको ५ औं डन समेत रहेका  राजिबले २०१४ मा कोरीयामा सम्पन्न  तेक्वान्दोमा ४२ राष्ट्रलाई पछि पर्दै बिजेता बनेर  ईन्टरनेशनल स्टार बनेको थिए । राजिबले ईन्टरनेशनल मास्टर टाईटल पनि पाएका थिए । सानै देखि चलचित्रमा अभिनय गर्ने रहर बोकेका राजिबले चलचित्रम क्षेत्रमा जम्नको लागि तयारीका साथ  ‘बद्री बहादुर’ डेब्यु गर्न लागेका हुन् ।यति बेला उनले अभिनय गर्ने चलचित्रको छायांकन चलिरहदा निर्देशक शोभित बस्नेतले राजिब एकुता राम्रो कलाकार भन्ने पक्का भएको बताए  । 

सञ्चारकर्मी रवि अधिकारीको लगानी ‘बद्री बहादुर’ ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानर विजय गोपाल दलि प्रस्तुतकर्ता रहने चलचित्रमा मिथुन भोटे कार्यकारी निर्माता हुन् । कमेडी जनराको  चलचित्र ‘बद्री बहादुर’मा छुल्ठिम गुरुङ ,जय किसन बस्नेत,धिरेन शाक्य, शोभित बस्नेत ,लय संगौला ,एलिना रायमाझी , उत्तम केसी,अन्जु केसी , वर्षा चौलागाईं , पुरन थापा, राम गौतम , मनोज केसी ,उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ । यस चलचित्र बाट राजिब जङ बस्नेत सगै  एलिना गुरुङ नेपाली रजतपटमा डेब्यु गर्दैछन् । चलचित्रमा नायिका पुजा शर्मा र सलोन बस्नेतको बिशेष भूमिका रहने छ ।

चलचित्रमा रामकाजी घिमिरेको लेखन रहेको छ भने शिब बिकको नृत्य निर्देशन रहनेछ । चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत रहने छ भने शंकर महर्जनको द्धन्द रहनेछ । ‘बद्री बहादुर’ मा बिनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहने छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस

‘जात्रै जात्रा’को अफिसियल चार पोष्टर सार्वजनिक

गफगाफ - आगामी जेष्ठ ३ गते रिलिज हुने सिनेमा ‘जात्रै जात्रा&r
पुरा पढ्नुहोस