> Gufgaf.com

रेडियो अडियो

रमितले गरे नयाँ चलचित्रमा सम्झौता

2019/01/30   gufgaf

गफगाफ -  अभिनेता रमित ढुंगाना पछिल्लो समय चलचित्र नगरीबाट टाढा थिए । उनि आफैले निर्माण गरेको चलचित्र बुद्ध बर्न इन नेपाल पछि उनि अभिनयमा फर्किएका थिएनन् । तर करीब २ वर्षको अन्तराल पछि रमित पुन चलचित्रमा फर्कीएका छन् ।  उनले हालसालै एक चलचित्रमा लिखित सम्झौता समेत गरिसकेको बताइएको छ । उक्त चलचित्रलाई बिचल किराँतीले निर्देशन गर्न लागेको बताइएको छ ।

चलचित्रको नाम भने फाइनल भइ नसकेको बुझिएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर चलचित्रको नाम तथा अन्य कलाकारहरु बारे जानकारी गराउने तयारी निर्माण युनिटले गरेको छ । उक्त चलचित्रबाट अभिनेता रमित ढुंगानाले १८ लाख रुपैया पारिश्रमिक बुझेको बताइएको छ  । सरु राईले निर्माण गर्न लागेको चलचित्रको छायांकन चैत पहिलो साताबाट सुरु हुने बुझिएको छ ।  

कमेडी र एक्सन दुबैलाई चलचित्रमा मसलाका रुपमा प्रयोग गरिने बताइएको छ । यो चलचित्र ‘किराँती ईन्टरटेनमेन्ट’ ब्यानरमा निर्माण हुन लागेको हो । “म आफ्नै व्यानरमा चलचित्र निर्माणको तयारी गरिरहेको थिए । निर्माण टिमले मलाई अफर गर्नभयो चलचित्रको कथा मन पर्यो र अफ्नो होम प्रोडक्सनलाई केहि पछि सारेर यस चलचित्रमा लागेको हु,” अभिनेता रमितले भने ।  यो चलचित्र पश्चात भने पुन आफ्नै चलचित्र निर्माणमा लाग्ने रमितको योजाना छ । यस पश्चात उनि‘पृथ्वीनारायण शाह’ नामक चलचित्र निर्माण गर्ने तायारीमा छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस