gufgaf

दाजु र भाइसँग प्रेममा थिए सारा र जान्हवी

2019/01/30   gufgaf
   

गफगाफ - बलिउड फिल्म उद्योगमा यतिबेला नयाँ कलाकारहरुको बोलबाला चलिरहेको छ । अभिनेत्री सारा अली खानका दुईवटा फिल्म मात्रै रिलिज भएका छन् । तर बलिउडमा उनका प्रशंशकहरुको संख्या दिन प्रतिदिन बढ्दै गैरहेको छ ।  यस्तै फिल्म ‘धडक’ बाट डेब्यू गरेकी अभिनेत्री जान्हवी कपूर यतिबेला फिल्म ‘तख्त’ र गुञ्जन सक्सेनाको बायोपिक मार्फत दर्शकमाझ आउने तयारी गरिरहेकी छिन् ।

बलिउड फिल्म उद्योगमा सारा अली खान र जान्हवी कपूरलाई एकअर्कासँग तुलना गर्दै कयौँ समाचारहरु आउने गरेका छन् । यसैबीच एउटा यस्तो खबर सार्वजनिक भएको छ, सारा र जान्हवी कुनै समय एकै परिवारका दाजु र भाइसँग प्रेम सम्बन्धमा थिए । सारा अली खान भारतीय कांग्रेस पार्टीका नेताका नाती वीर पहाडियाको प्रेममा थिइन् भने अभिनेत्री जान्हवी कपूर वीरका भाई शिखर पहाडियालाई डेट गरिरहेकी थिइन् ।  

सारा अली खान आफैँले एक कार्यक्रममा आफू एक समयमा प्रेम सम्बन्धमा रहेको कुरा बताएकी थिइन् । साराले आफूले डेट गरिरहेका व्यक्ति कांग्रेसका नेता एवम् पूर्व केन्दीय गृहमन्त्री सुशील कुमार शिन्देका नाती वीर पहाडिया रहेको बताएकी थिइन् । 

साराका बुवा एवम् अभिनेता सैफ अली खानलेसमेत ‘कफी वीद करण’ मा साराको प्रेमीसँग भेट गरिसेकको पनि गरेको बताएका थिए । सैफले आफू एकदमै खुला विचार भएको पिता र आफ्ना छोराछोरीसँग साथीको जस्तै व्यवहार गर्ने गरेको बताएका थिए । सारा र वीरको प्रेम सम्बन्ध सन् २०१६ मा सुरु भएको थियो तर यो सम्बन्ध धेरै लामो समयसम्म टिक्न सकेन । अहिले भने सारा अली खानले आफू सिंगल नै रहेको बताउँदै आइरहेकी छिन् ।

अभिनेत्री श्रीदेवी र बोनी कपूरकी छोरी जान्हवी कपूर र वीर पहाडियाका भाइ शेखर पहाडिया बिचको प्रेम सम्बन्ध पनि चर्चामा आएको थियो । तर जान्हवी र शिखरबीचको सम्बन्धदेखि जान्हवीकी आमा श्रीदेवी भने खुसी थिइनन् ।

तसर्थ उनले जान्हवीलाई शिखरसँगको सम्बन्ध बिर्सीएर आफ्नो ध्यान करियरतर्फ दिन सल्लाह दिएकी थिइन् । जान्हवी र शिखरबीचको सम्बन्ध सन् २०१६ मा निकै चर्चामा आएको थियो । खासमा एक पार्टीमा लिइएको जान्हवी र शिखरको तस्बिर सामाजिक संजालमा भाइरल नै भएको थियो । 

त्यसबेलादेखि नै जान्हवी शिखरदेखि टाढिएकी थिइन् । जान्हवी कपूर यतिबेला आफ्नो प्रेम सम्बन्धलाई भन्दा बलिउड करियरलाई लिएर निकै सिरीयस छिन् । तर शिखरसँग पनि उनको साथीको सम्बन्ध भने कायम नै छ । शिखरले जान्हवीको डेब्यू फिल्म ‘धडक’ रिलिज भएपछि सामाजिक संजालमार्फत जान्हवीको प्रशंशा गरेका थिए । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस