gufgaf

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा,यस्तो बन्दै छ रंगशाला

2019/01/30   gufgaf
   

गफगाफ - धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिएको छ । धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरकी प्रमुख रेणु दाहाल बीच सम्झौता भए संगै रंगशाला निर्माणको बाटो खुलेको हो । फाउन्डेसनले रंगशाला निर्माण गर्ने भनिएको जग्गा यस अघि कृषि तथा वन विश्वविद्यालयले भोगचलन गर्दै आएको थियो ।  अब भने उक्त जग्गा धुर्मुस सुन्तली फाउन्डेसनको स्वमित्वमा रहने छ । भरपुर महानगरपालिकाले उक्त जग्गा  फाउन्डेसनलाई उपलब्ध गराएको हो ।

फाउन्डेसनले निर्माण  गर्न लागेको रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राखिएको छ । २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गर्ने योजना फाउन्डेसनले बनाइएको छ । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश तथा विदेशमा रहनु भएका नेपालीहरुबाट नै आर्थिक संकलन गरिने बताइएको छ । रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ ।

अब छोटो समय भित्र गुरुयोजना तयार गरी रंगशालाको शिलान्यास गरिने धुर्मुस सुन्तली फाउन्डेसनका प्रमुख सिताराम कट्टेलले बताए । हामीले यसको अध्यक्षता गर्ने हो । नेपाली दाजुभई तथा दिदीबहिनीहरुबाट आएको सहयोग रकमलाई सहि तरिकाले सदुपयोग गर्ने हो सबै नेपालीहरुका साथ पाउनेमा आफु ढुक्क रहेको धुर्मुसको भनाइ छ । 

नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएपछि  धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने तयारी थालेका थिए । उक्त कार्यका निम्ति फाउन्डेसनले नेपालका विभिन्न स्थानहरुमा गएर स्थलगत भ्रमण गरेको थियो । सोहि क्रममा भरतपुर महानगरपालिकाले उक्त कार्यका निम्ति जग्गा उपलब्ध गराउने बताए पछि चितवनमा नै रंगशाला बनाउनका लागी फाउन्डेसन तयार भएको थियो ।

निर्माण पश्चात यस रंगशालामा फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, डन्डिबियो लगायतका खेलहरु समेत खेल्न सकिने बताइएको छ । रंगशालाको बाहिरी भागमा नेपाल र नेपालीको सस्कृती झल्कने खालका सम्पदाहरु राखिने छ । नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरुका साथै विभिन्न जिब जन्तुको धातुको मुर्ति राखिने बताइएको छ । रंगशालामा खेल अभ्यास गर्नका निम्ति छुट्टै दुई वटा खेलमैदान बनाइने छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस