
>
भारतीय टेलिभिजन दुनियाँकी रानी मानिने एकता कपूर विवाह नगरी ४३ वर्षको उमेरमा आमा बनेकी छिन् । भारतीय सञ्चार माध्ययमका अनुसार २७ जनवरीमा उनको पहिलो सन्तानको रुपमा छोराको जन्म भएको छ । केही समय अघि मात्रै आफूले विवाह नगर्ने तर सन्तान जन्माउने बताएकी एकताले विवाह नगरी आमा बन्नको लागि सेरोगेसीको सहायता लिएकी हुन् ।
एकताको पहिलो सन्तान स्वरुप छोराको जन्म भएको छ । अहिले उनको छोरालाई अस्पतालमै राखिएको छ । अबको केही दिनमै एकता आफ्नो पहिलो सन्तानलाई घरमा ल्याउने तयारीमा छिन् ।
पछिल्लो समय बलिउडमा बिबाह नगरी सन्तान जन्माउनेहरुको सङखया बढ्दो छ । यस अघि नै एकताका भाई तुषार कपूरले पनि सेरोगेसीको माध्यमबाट छोरा लक्ष्यलाई जन्म दिईसकेका छन् । त्यस्तै करण जोहरका पनि सेरोगेसीबाटै जुम्ल्याहा सन्तान छन् । यसका अलावा बलिवुडमा केही विवाहित सेलिब्रेटी जोडीले पनि सेरोगेसीबाट सन्तान जन्माएका छन् ।
गफगाफ - आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस
गफगाफ - अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस