> Gufgaf.com

रेडियो अडियो

चर्चामा चार चलचित्र

2019/01/31   gufgaf

गफगाफ - नेपाली चलचित्रले सोलो रिलिज पाउनु भाग्य मानिन्छ नेपाली चलचित्र नगरीमा हरेक हप्ता कम्तिमा पनि २ वटा चलचित्र रिलिज हुने परम्परा जस्तै भइसकेको छ । वर्षमा करिव २०० भन्दा माथि चलचित्र निर्माण हुन्छन् । प्रदर्शन भएका १० प्रतिशत चलचित्र पनि राम्रो सँग चले भाग्य भन्ने बेला आएको छ । चलचित्र निर्माण गर्न निकै सहज बन्दै गएको छ, तर चलचित्र चलाउनका निम्ति भने दातमा ढुंगा लागे सरह भएको छ । 

चलचित्र असफल हुनका धेरै कारणहरु मध्यको एउटा महत्वपुर्ण कारण एकै दिन २ भन्दा धेरै चलचित्र प्रदर्शनमा आउनु पनि एक भएको धेरै चलचित्र पण्डितहरुको बुझाई छ । अब प्रदर्शनको तयारीमा रहेका केहि प्रतिक्षित चलचित्रहरु पनि पुर्व घोषित मिति परिवर्तन नभए यस्तै मारमा पर्ने पक्का भएको छ । ति चलचित्र हुन् अनमोल केसी अभिनित चलचित्र क्यापटेन र आशिरमान देशराज जोशी अभिनित चलचित्र दि ब्रेकअप ।  यि दुबै चलचित्र प्रतिक्षित चलचित्रहरु हुन् । तर यि दुबै चलचित्र आउदो फाल्गुन १७ गते बाट प्रदर्शनमा आउने तयारीमा छन् । Image result for nepali movie the breakup

चलचित्र दि ब्रेकअप गीत संगीतका साथै किस सिनका कारण चर्चामा छ । यता चलचित्र क्याप्टेनले भने अनमोल केसीको अभिनय भएकै कारण पनि चर्चा पाइरहेको छ । आफुहरुलाई क्याप्टेन सँगै आउदा कुनै पनि घाट नहुने चलचित्र दि ब्रेकअपका निर्देशक हेमराज विसी बताउछन् ।  चलचित्र ब्रकअपमा हेमराज वीसीको कथा, पटकथा तथा निर्देशन रहेको छ भने  रुपक थापा, दीपक खतिवडा, रेनु राना, हेमराज वीसीले लगानी गरेका छन् ।  चलचित्र ‘दि ब्रेकअप’मा आशिरमान देशराज जोशी,  शिल्पा मास्के रेमनदास श्रेष्ठ, इच्छा कार्र्की, सरोज खनाल लगायतका कलाकारहरुको  मुख्य भूमिका छ ।  

Image result for nepali movie captain

यस्तै चलचित्र क्यापटेनलाई निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । एउटा बिकट गाउँमा जन्मिएको एक युबकले खेलाडि बन्ने सपना बुनिरहेको हुन्छ र उस्ले आफुलाई राष्ट्रिय स्तरको खेलाडीका रुपमा चिनाउन गर्नु परेका संघर्ष हरुको कथा चलचित्र ’क्याप्टेन’ मार्फत समेट्न खोजिएको छ । भुवन केसीले निर्माण गरेको ’क्याप्टेन’ मा  अनमोल सगै  दुई जना नव अभिनेत्री हरु उपासना सिंह ठकुरी र प्रियंका एमभीको अभिनय रहेको छ ।

 चलचित्र ‘क्याप्टेन’ मा अन्य कलाकारहरु सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतको पनि अभिनय देख्न सकिने छ । चलचित्रको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रका सम्पादक दिर्घ खड्का हुन । 

यस्तै चलचित्र ‘ए मेरो हजुर ३’ ले तोकेको प्रदर्शन मितिमा नै अभिनेता सलिनमान बनियाँ अभिनीत चलचित्र ‘यात्रा’ पनि प्रदर्शनमा आउने तय भइसकेको छ । अझ रोचक कुरा त के छ भने चलचित्र यात्राका नायक सलिनमान बनियाँलाई झरना थापाले नै चलचित्र नगरीमा प्रबेश गराएकी थिइन् त्यो पनि यस अघिको चलचित्र ‘ए मेरो हजुर २’ बाट । अब दुवै चलचित्रको प्रदर्शन मिती यथावत रहने हो भने आफ्नै डेव्यु नायक सँग झरना थापाको चलचित्र जुध्ने पक्का छ ।

Image result for nepali movie e mero hajur 3

झरना थापाले निर्देशन गरेको उक्त चलचित्रमा अभिनेता अनमोल केसी र निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाको मुख्य भुमिका छ । अनमोल र सुहानाले पहिलो पटक स्क्रिन साझेदारी गरेका हुन् । सुहानाले भने यसै चलचित्रबाट चलचित्र नगरीमा डेव्यु गरेकी हुन् ।चलचित्रमा एक स्टार गायक र  उनको फ्यान बिचमा हुने प्रेम सम्वन्ध र त्यस बिचमा आइपर्ने उतार चडापहरुलाई कथाका रुपमा प्रस्तुत गरिएको छ । चलचित्र सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सुनिल कुमार थापा सुहाना थापाका बाबु हुन् । चलचित्रमा अनमोल र सुहाना सगै सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झा लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । 

यस्तै चलचित्र यात्रमा सम्राट शाक्यको डेब्यु निर्देशन रहेको छ । चलचित्रमा सलिनमान बनियाँ भ्लगरको भूमिकामा प्रस्तुत हुने बुझिएको छ । सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको समेत अभिनय रहेको छ । चलचित्र यात्राले युवा पुस्ताको मित्रता र मायाको कथा प्रस्तुत गर्ने बताइएको छ ।

Image result for nepali movie yatra

चलचित्र यात्राको कथा पनि निर्देशक शाक्य स्वयंले लेखेका हुन् । संजय लामाको छायांकन चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको रहेको छ ।
चलचित्र यात्रा लाई जर्नी लभस्टोरी समेत नाम दिइएको छ । यसमा यात्रामा आइ पर्ने विभिन्न उतारचडापहरु प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

 चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसरी ठुला व्यानरमा निर्माण भएका चलचित्रहरु एकै दिन बाट प्रदर्शनमा आउदा कुनै न कुनै हिसावले सबै चलचित्रहरु मारमा पर्ने देखिन्छ । अब दर्शकले कुन चलचित्रलाई मायाँ गर्छन् त्यो भने समयले बताउने छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस