> Gufgaf.com

रेडियो अडियो

सलिनमानको यात्राको टिजर सार्वजनिक 

2019/01/31   Gufgaf

सम्राट शाक्यको लेखन तथा निर्देशन रहेको सिनेमा यात्राको टिजर सार्वजनिक भएको छ । सिनेमाको टिजरमा अभिनेता सलिनमान बनिया र अभिनेत्री  मल्लिका शाक्यको गज्जबको केमेस्ट्रि देख्न सकिन्छ । टिजरमै अभिनेता सलोन बस्नेत एंग्री मुडमा प्रस्तुत भएका छन् । उनको यो लुक्स हेर्दा सिनेमामा उनी नकारात्मक भूमिकामा प्रस्तुत भएको बुझ्न सकिन्छ । 

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको यस सिनेमामा  जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, बाल कलाकार हरु अंकित संग्रौला र एनजल राईको अभिनय रहेको छ । यसका साथै सिनेमामा विदेशी कलाकारहरु चिनका जुन झाङ र केन्याका बबीको पनि अभिनय छ । 

केशव भट्टराई र सुशील पोखरेलको संयुक्त रुपमा निर्माण गरेको यस सिनेमाका कार्यकारी निर्माता सर्जुमान लिगल हुन् । सिनेमामा बिक्रम पराजुली, मुक्ति तिमिल्सीना र रामशरण घिमिरे सह निर्माताको रुपमा रहेका छन् । 

संजय लामाको छायांकन रहेको यस सिनेमामा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । 


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस