> Gufgaf.com

रेडियो अडियो

‘तुलसी’ मा राजेश हमाल, करिष्मा मानन्धर र शिव श्रेष्ठको विशेष भुमिका 

2019/01/31   gufgaf

लामो समय पछि ऋचा घिमिरेले निर्माण गरेको चलचित्र तुलसी प्रदर्शन हुने भएको छ । यो चलचित्र बोधी एच डी तथा ८८४८ मेडियाद्वारा डिस्ट्रिब्यूसन गरिएको हो । चलचित्र ‘तुलसी’ लाई डिजिटल माध्यमबाट विश्वव्यापि डिजिटल प्रदर्शन गर्न लागिएको हो । यो चलचित्र नेपाल प्रदर्शन अगावै बेलायत, मकाउ, युरोप, स्कटल्यान्ड, अमेरिका, क्यानडा, तथा थुप्रै देशहरुमा प्रदर्शन भइसकेको छ । 

चलचित्र‘तुलसी’मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रा.ली.ले निर्माण गरेको हो ।  यसको निर्देशन तथा निर्माण शंकर घिमिरेले गरेका हुन् । चलचित्रको गीतमा आशा भोषले, साधना सरगम, शान र कुमार कान्छाले स्वर दिएका छन् ।चलचित्रमा समावेश सबै गीत मुम्बईमा रेकर्ड गरिएका हुन् । चलचित्रको एक गीतमा बसन्त सापकोटाको सङ्गीत रहेको छ भने अन्य गीतमा वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरले सङ्गीत दिएका छन् ।  

सबै गीतमा गीतकार सुरेश अधिकारीको शब्द रहेको छ । चलचित्र ‘तुलसी’को कथा शिवम अधिकारीले लेखेका हुन् । चलचित्रको छायाँकन दीपक वज्राचार्यले गरेका हुन् ।चलचित्रमा ऋचा घिमिरे , विमलेश अधिकारी, आयुष रिजाल, जय किसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्रमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल लगायतका कालाकारहरुको पनि विशेष भुमिका रहेको छ  ।


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस