gufgaf

फ्राइडे रिलिज : एकै साथ तिन चलचित्र प्रदर्शनमा

2019/02/02   gufgaf
   

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ३ बाट ३ चलचित्रहरु प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आएका चलचित्रहरु हुन् गोपी, ‘रणवीर’ र ‘सय कडा दश’ । चलचित्र गोपीले गाई पालक किसानले गर्नु परेका संघर्ष र चुनौतीहरुलाई प्रस्तुत गरेको छ । चलचित्रले स्वरोजगारका विषयमा पनि बेलेको छ । चलचित्र गोपी विभिन्न कारणले चर्चामा छ । गोपी टिमले चलचित्र प्रदर्शन अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल लगायतलाई भेटेका थिए । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टले आफूले यदाकदा नेपाली चलचित्र हेर्न गरेको भए पनि मौलिक चलचित्र कमै बन्ने गरेको कुरासँग आफू अवगत भएको बताएका थिए । नीतिगत रुपमै मौलिक चलचित्रलाई प्रवर्द्धन गर्ने कुरा सरकारसँग राख्ने उनले आश्वासन दिएका थिए । भेटघाटका क्रममा उनले चलचित्रको बजेट र सुटिङ सम्बन्धी जिज्ञासा पनि राखेका थिए ।

यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले ‘गोपी’का कलाकार तथा निर्माता निर्देशकसँग भेट गरेर चलचित्रप्रति ऐक्वद्धता जनाएका थिए । दर्जनौं गीत तथा नाटकका कलाकार चक्रपाणि खनालले आफू पनि कला पारखी भएको बताउँदै चलचित्रमा सान्दर्भिक विषय उठाएको भन्दै चलचित्र निर्माण टिमलाई सफलताको शुभकामना दिएका थिए ।

आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित चलचित्र ‘गोपी’मा विपिन कार्कीले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन । चलचित्रमा विपिन कार्की, सगै सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्का लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन ।

त्यस्तै कार्यकारी निर्माता श्रीधर पौडेल, छायाँकार शैलेन्द्र डि कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन । चलचित्रमा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन । पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ ।यस्तै आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘रणवीर’। नेपालमा पछिल्लो समय एक्शन जनराका चलचित्रहरु कमै मात्रमा निर्माण भइरहेका बेला एक्शन जनरामा निर्माण भएको चलचित्र ‘रणवीर’ प्रदर्शनमा आएको हो ।

Image may contain: 15 people, people smiling, textचलचित्र ‘रणवीर’ मा माया, मित्रता सँगै बदलाको भावनाका कारण आइ परेका समस्या र त्यसको समाधानलाई कथाका रुपमा प्रस्तुत गरिएको छ । चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । चलचित्रमा चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । चलचित्रको छायांकन महेश पौडेलले गरेका हुन भने कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । 

प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा बनेको चलचित्रको निर्माण गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा गरेका हुन् । चलचित्रमा सुशील सिटौला  सुवेक्षा खड्का, सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, शैलेश्वरी सिंह लगायतको अभिनय देख्न सकिन्छ । 

यस्तै आजै बाट प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘सय कडा दश’ । चलचित्रमा भ्रष्टाचारको विरुद्धमा एउटा व्यक्तिले गरेको संघर्षको कथा समेटिएको छ । राम शरण पाठकको लेखन तथा निर्देशन रहेको चलचित्र ‘सय कडा दश’ बाटै आस्य कलाकार मनोज गजुरेलले चलचित्रमा डेव्यु गरेका छन् । चलचित्रमा मनोज गजुरेल सगै राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ,  रवि डंगोल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा, मानस्वी निरौला लगायतका कलाकारको मुख्य भूमिका छ ।

काठमाण्डौ, पोखरा, सिन्धुली, पाँचथर लगायतका स्थानहरुमा चलचित्रको छायाकंन गरिएको हो । उत्तम खत्री  र रज्जु प्रधानले निर्माण  गरेको यो चलचित्र दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको हो । चलचित्रमा रामेश्वर कार्कीको छायाकंन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस

‘जात्रै जात्रा’को अफिसियल चार पोष्टर सार्वजनिक

गफगाफ - आगामी जेष्ठ ३ गते रिलिज हुने सिनेमा ‘जात्रै जात्रा&r
पुरा पढ्नुहोस