
>
बरिष्ठ कलाकार बि एस राणाको निधन भएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई बिगत एक हप्ता देखि शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको थियो । उनको शुक्रबार बिहान अस्पतालमा नै निधन भएको स्रोतले जनाएको छ ।
उनी केही समयदेखि बिरामी थिए । ७८ बर्षको उमेरमा निधन भएका उनको उपचारको क्रममा मुटुमा पनि समस्या देखिएको थियो । आज निधन भएका उनको आजै पशुपति आर्यघाटमा अन्येष्टि गरिने बुझिएको छ ।
विक्रम सम्वत २०४१ सालमा सिनेमा ‘अन्याय बाट सिनेमामा डेब्यु गरेका उनले ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती लगायत सय भन्दा बढी सिनेमामा काम गरेका छन् । यसका साथै उनले केही टेलिसिरियलहरुमा पनि अभिनय गरेका थिए ।
गफगाफ - आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस
गफगाफ - अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस